भन्सार बढाउँदा पनि ११ महिनामा साढे तीन अर्बको विदेशी रक्सी खाए नेपालीले
बर्सेनि विदेशी रक्सीको माग बढ्दै गएको एउटा तथ्याङ्कले देखाएको छ । नेपालीहरुले अर्बौं रुपैयाँ विदेशी रक्सीमा खर्च गर्ने गरेका छन् । चालु आर्थिक वर्षको एघार महिना (२०७५÷०७६) मा झण्डै साढे तीन अर्ब रुपैयाँ विदेशी रक्सीमा स्वाहा भएको छ ।
भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने ११ महिनामा ३ अर्ब ४४ करोड ८० लाख ८२ हजार रुपैयाँ नेपाली पैसा रक्सीकै लागि बाहिरिएको छ । यस तथ्याङ्कमा अल्कोहलरहित बियर वाइन लगायतलाई समावेश गरिएको छैन ।
मदिराजन्य पदार्थमा सरकारले बर्सेनि कर बढाए पनि आयात दरमा भने कुनै कमी आएको छैन । रम, जिन, ह्विस्की, वियर, वाइन, छ्याङ लगायतको आयात भएको छ । यस अवधिमा छ्याङ मात्रै १ करोड २७ लाख ९४ हजार रुपैयाँ आयात भएको छ ।
नेपाली उद्योगले माग धान्न सकेको अवस्थामा मात्र कम आयात हुने अथवा आयात नै बन्द हुने भन्सार विभागले जनाएको छ । रक्सी थाइल्यान्ड, अमेरिका, बेल्जिएम, पोल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, चिलीलगायतका देशबाट मदिराजन्य पदार्थको आयात हुने गरेको छ ।
७३ लाख २७ हजार सात सय ९३ लिटर रक्सी तथा रक्सीका लागि आवश्यक पर्ने कच्चा पदार्थ नेपाल भित्रिएको छ ।
सरकारले हरेक वर्ष मदिराजन्य पदार्थको भन्सारदर बढाएको बजेटमार्फत घोषणा गर्दै आएको छ । तर रक्सीमै अर्बौं खर्च गर्न पनि तयार हुन्छन् भन्ने कुरा खपत भएको रक्सीबाट थाहा हुन्छ ।
सरकारले आगामी वर्षको बजेटमार्फत पनि मदिराजन्य पदार्थको अन्तःशुल्क र भन्सार दर केही बढाएको छ । अल्कोहलको मात्रा हेरेर मदिराजन्य पदार्थको मूल्य बढाइएको छ ।
पहिला ३० प्रतिशत अन्तःशुल्क लाग्ने छ्याङमा अहिले ४० प्रतिशत पुर्याइएको छ । पहिला १६०० प्रतिलिटर रहेको रम, ह्विस्की, भोड्का अहिले प्रतिलिटर २ हजार रुपैयाँ पुगेको छ । अब अल्कोहल रहित बियरमा प्रतिलिटर २ सय रुपैयाँ भन्सारदर लाग्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा
-
यी पाँच औषधिको नियमित सेवन गर्नु हुन्छ ? गुम्ला है स्मरणशक्ति
-
दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो
-
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेपछि बिनु यादव पक्राउ
-
बकवास गीत लेख्नु पनि मुस्किलकाे काम हो: जावेद अख्तर