बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार बढाउँदा पनि ११ महिनामा साढे तीन अर्बको विदेशी रक्सी खाए नेपालीले

बिहीबार, २६ असार २०७६, १३ : २२
बिहीबार, २६ असार २०७६

बर्सेनि विदेशी रक्सीको माग बढ्दै गएको एउटा तथ्याङ्कले देखाएको छ । नेपालीहरुले अर्बौं रुपैयाँ विदेशी रक्सीमा खर्च गर्ने गरेका छन् । चालु आर्थिक वर्षको एघार महिना (२०७५÷०७६) मा झण्डै साढे तीन अर्ब रुपैयाँ विदेशी रक्सीमा स्वाहा भएको छ । 

भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने ११ महिनामा ३ अर्ब ४४ करोड ८० लाख ८२ हजार  रुपैयाँ नेपाली पैसा रक्सीकै लागि बाहिरिएको छ । यस तथ्याङ्कमा अल्कोहलरहित बियर वाइन लगायतलाई समावेश गरिएको छैन । 

मदिराजन्य पदार्थमा सरकारले बर्सेनि कर बढाए पनि आयात दरमा भने कुनै कमी आएको छैन । रम, जिन, ह्विस्की, वियर, वाइन, छ्याङ लगायतको आयात भएको छ । यस अवधिमा छ्याङ मात्रै १ करोड २७ लाख ९४ हजार रुपैयाँ आयात भएको छ । 

नेपाली उद्योगले माग धान्न सकेको अवस्थामा मात्र कम आयात हुने अथवा आयात नै बन्द हुने भन्सार विभागले जनाएको छ । रक्सी थाइल्यान्ड, अमेरिका, बेल्जिएम, पोल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, चिलीलगायतका देशबाट मदिराजन्य पदार्थको आयात हुने गरेको छ ।

७३ लाख २७ हजार सात सय ९३ लिटर रक्सी तथा रक्सीका लागि आवश्यक पर्ने कच्चा पदार्थ नेपाल भित्रिएको छ । 

सरकारले हरेक वर्ष मदिराजन्य पदार्थको भन्सारदर बढाएको बजेटमार्फत घोषणा गर्दै आएको छ । तर रक्सीमै अर्बौं खर्च गर्न पनि तयार हुन्छन् भन्ने कुरा खपत भएको रक्सीबाट थाहा हुन्छ । 

सरकारले आगामी वर्षको बजेटमार्फत पनि मदिराजन्य पदार्थको अन्तःशुल्क र भन्सार दर केही बढाएको छ । अल्कोहलको मात्रा हेरेर मदिराजन्य पदार्थको मूल्य बढाइएको छ । 

पहिला ३० प्रतिशत अन्तःशुल्क लाग्ने छ्याङमा अहिले ४० प्रतिशत पुर्याइएको छ ।  पहिला १६०० प्रतिलिटर रहेको रम, ह्विस्की, भोड्का अहिले प्रतिलिटर २ हजार रुपैयाँ पुगेको छ । अब अल्कोहल रहित बियरमा प्रतिलिटर २ सय रुपैयाँ भन्सारदर लाग्ने व्यवस्था छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप