मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको हारमा पाकिस्तानीले के भनिरहेका छन् ?

बिहीबार, २६ असार २०७६, १२ : ३०
बिहीबार, २६ असार २०७६

सेमी फाइनलमा न्यूजिल्याण्डविरुद्धको खेलमा हारेको टिम इन्डिया विश्वकपबाट जब बाहिरियो तब भारतीय क्रिकेटका समर्थक निकै दुःखी भए ।

भारतको विश्वकप जित्ने सपना टुटेपछि भारतीय क्रिकेट खेलाडी र प्रशंसक निराश भए । यो निराशा सोसल मिडियाको ट्रप ट्रेन्ड्समा पनि देख्न सकिन्छ ।

पाकिस्तानको सोसल मिडियामा नजर दौडाउँदा भारतको हारको चर्चा त्यहाँ पनि निकै भइरहेको देख्न सकिन्छ ।

विश्वकपमा इंग्ल्याण्ड विरुद्ध भारतको खेलमा कोहली ब्रिगेडको जीतको प्रार्थना गर्ने पाकिस्तानी अब भारतको हारमाथि आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

भारतले हारेपछि पाकिस्तानीको कस्तो प्रतिक्रिया छ, त्यसबारे जानकारी लिऔंः

पाकिस्तानको ट्वीटरमा बिहिबार बिहान इन्डिया न्यूजिल्याण्ड खेल र धोनीसँग सम्बन्धित ट्रेन्ड्स शीर्ष स्थानमा रह्यो ।

पाकिस्तान सरकारका मन्त्रीले ट्वीट गरे, ‘पाकिस्तानीहरुको नयाँ प्रेमी न्यूजिल्याण्ड ।’

आमिर शेख लेख्छन्, ‘इन्डियाको विकेट झर्ने स्पिड मेरो टाइपिङ स्पिडभन्दा छिटो छ ।’

एसम शाह अहमदले एक मीम शेयर गरे, जसमा लेखिएको थियो, ‘चिया निकै मिठो थियो ।’

खेलमा गप्टिल के रनआउट हुँदा पनि मानिसहरु मीम शेयर गरिरहेका छ । सईद युसुफ शाहले लेखे, ‘थ्रो कमालको थियो ।’

अरबाज अली आदिलले लेखे, ‘इंगल्याण्डसँग हारेकोमा धन्यवाद । नभए पाकिस्तानको सेमी–फाइनलमा हारिरहेको हेर्नु निकै दुःखद हुन्थ्यो ।’

एक व्यक्तिले दुर्घटनाको शिकार भएको भारतीय वायुसेनाको विमान र धोनीको रनआउट भएको तस्बिरलाई ट्वीटरमा सेयर गरे । उनले लेखे, ‘भारतीयले यी दुई रेखालाई पार गर्न नसकेको दुःख सधैं रहनेछ ।’

@AwaimerChheena  ले लेखे, ‘तिमी चिन्ता नलिउ, तिमीहरुको भाइले पाकिस्तानीसँग एकएक गरी बदला लिनेछ ।’

शम्स अहमदले मीम शेयर गर्दै लेखे, ‘हामी ठिक थियौं, पिजे बर्गर खाएर पनि इंगल्याण्ड र न्यूजिल्याण्डलाई हराइदियौं ।’

फरिहा फातिमाले विंग कमान्डर अभिनन्दनले भनेको कुरा लेखेर धोनीमाथि कटाक्ष गरे । उनले लेखे, ‘जब धोनीलाई तपाईंले आफ्नो दोस्रो रन किन लिनुभएन भनेर सोधियो तब उनले यतिमात्र भने, ‘आइ एम नट सपोज टु टेल यू दिस ।’

हम्माद अलीले एक मीम सेयर गर्दै लेख्छन्, ‘भरतकामे हारपछि अहिले यस्तो स्थिती छ ।'


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप