चर्चाका लागि हेलिकप्टर चार्टर गरेर फिल्मको मुहूर्त
काठमाडौं – पछिल्लो समय फिल्मको लगानी बालुवामा पानी भइरहेको छ । एकदुई छोडेर भन्ने हो भने सबै फिल्मका लगानी डुबेका छन् । तर पनि निर्माता निर्देशकले चर्चाका लागि फिल्म निर्माणमा मात्र होइन, शुभ–मुहूर्तमा समेत तडक भडक गर्न छोडेका छैनन् ।
यस्तै तडक भडक फिल्म ‘म यस्तो गीत गाउँछु २’ले पनि गरेको छ । मंगलबार गोरखाको मनकामना मन्दिरमा शुभ–मुहूर्त भएको यस फिल्मका कलाकार मनकामना मन्दिर हेलिकोप्टर चार्टर गरेर पुगेका छन् ।
फिल्मका निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा काठमाडौं देखि हेलिकोप्टर चार्टर गरेर मनकामना पुगेका थिए ।
मुहूर्तमा अभिनेत्री पूजा र पलले नै फिल्मको क्ल्याप ठोकेका थिए । सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यस फिल्मको अशोजदेखि छायाँकनमा जाने बताइएको छ ।
फिल्ममा पल र पूजासँगै सलोन बस्नेत पनि मुख्य भूमिकामा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी