आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

यस्तो छ आजको बाढी र वर्षाको पूर्वानुमान

बिहीबार, २६ असार २०७६, ११ : १२
बिहीबार, २६ असार २०७६

बाढी पूर्वानुमान महाशाखाले आज देशैभरीका नदीनालाहरुमा  आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।

बिहिबार जारी बाढी सूचनामा विहान ७ बजेको मापन अनुसार देशका सबै नदीहरु बढ्दो क्रममा रहने भएकाले जोखिम रहेको जनाएको हो । 

आज बेलुकी पछि कन्काई, सप्तकोसी, तमोर, दुधकोशी, सुनकोसी, कमला र बागमती तथा पूर्व राप्ति जलाधारमा बहाब उच्च हुने महाशाखाले पूर्वानुमान गरेको छ । नदीनालाहरु निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता तह पनि पुग्ने सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, देशैभरीका पहिरोग्रस्त पहाडी क्षेत्रहरु भएर बग्ने स–साना खोलाहरुमा पहिरो–लेदोसहित आकस्मिक बहाबको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले विशेषगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५,६ र ७ को तराईका होचा स्थानहरु डुबानमा पर्न सक्ने सम्भावना रहेको जनाएको छ । 

यसैगरी, मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप