बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व प्रेमिकाको जन्मदिनको पार्टीमा सलमानः युलिया पनि उपस्थित

बिहीबार, २६ असार २०७६, १० : ४८
बिहीबार, २६ असार २०७६

जुलाई ९ तारिखमा सलमान खानकी पूर्व प्रेमिका संगिता बिजलानीको जन्मदिन थियो । संगिताले साथीभाइसँग धुमधामसँग आफ्नो ५४ औं जन्मदिन मनाइन् । यो पार्टीको तस्बिर सोसल मिडियामा सार्वजनिक भएको छ । पार्टीमा सलमान खान र उनकी कथित प्रेमिका युलिया भन्तुरको पनि उपस्थिती थियो ।

तस्बिरमा सलमान खान, युलिया भन्तुर, मोहनीश बहल, निर्माता साजिद नाडियाडवाला र उनकी श्रीमती वर्धा नाडियाडवाला देखिएका छन् । संगिता निलो पहिरनमा सुन्दर देखिएकी छिन् ।

स्मरण रहोस्, ८० र ९० को दशकमा सलमान खान र संगिता बिजलानीको अफेयरको चर्चाले बलिउड बजार निकै तात्तिने गर्दथ्यो । उनीहरुको विवाहको कार्डसमेत छापिइसकेको पनि बताइन्छ । तर विवाह अघि नै उनीहरुको सम्बन्ध टुटेको खबरमा उल्लेख छ ।

तर ब्रेकअपपछि पनि सलमान खान र संगिता बिजलानी बीच निकै राम्रो सम्बन्ध छ ।

सलमान खानकी पूर्व प्रेमिकाको जन्मदिनको पार्टीमा उनकी प्रेमिका युलिया भन्तुरको पनि उपस्थिती रह्यो । यसअघि पनि सलमान खानको जन्मदिनको पार्टीमा संगिता र युलियालाई सँगै देखिइसकिएको छ । आजकाल सलमान र युलियालाई डेट गरिरहेको खबर छ । यद्यपि, दुईले आफ्नो सम्बन्धलाई स्विकारेका भने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप