पर्वतको डिमुवामा कामना सेवाको ९२ औं शाखा
बुधबार, २५ असार २०७६, १९ : १३
पर्वत– कामना सेवा विकास बैंक लिमिटेडले गण्डकी प्रदेश अन्तर्गत पर्वतको मोदी गाउँपालिका ६ स्थित डिमुवामा ९२औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल, गाउँपालिकाका उपाध्यक्ष सेती महत, वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ भएको थियो ।
यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा