शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यमनमा जासुसीको आरोपमा ३० जनालाई मृत्युदण्ड

बुधबार, २५ असार २०७६, १३ : १८
बुधबार, २५ असार २०७६

साना– विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ ।

मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु,प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले चिनिन्छ । 

यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा पक्राउ गरिएको थियो । 

नाम नबताउने शर्तमा एक अधिकारीले अदालतको आदेशका विरुद्ध अपिल गरिने जानकारी दिए । 

एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेश ‘कानुनको उपहास’ भएको जनाउँदै गिरफ्तारीमा परेका सबैलाई तत्काल रिहा गर्न हुथी विद्रोहीसँग आग्रह गरेको छ । 

यमनमा विगत चार वर्षदेखि इरान समर्थित हुथी विद्रोही र साउदी अरेबिया समर्थित तथा अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारी फौजबीच भिषण युद्ध जारी छ । यमन युद्धमा हजारौंको ज्यान गइसकेको छ भने लाखौं मानिस घरबार छाडेर अन्यत्र पलायन भएका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप