शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जन्ती बसले ठक्कर दिँदा मानसिक सन्तुलन गुमाएकी महिलाको मृत्यु

बुधबार, २५ असार २०७६, १२ : ५९
बुधबार, २५ असार २०७६

सिन्धुपाल्चोक– जन्ती लिन हिँडेको बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ चनौटेमा बा ३ ख ११७ नंको बस पछाडि हटाउने क्रममा बसमा ठोक्किएर आज एक महिलाको ज्यान गएको हो ।

मानसिक सन्तुलन गुमाएकी अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न खुल्न सकेको छैन । बस चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप