राजधानीमा ‘इलिसियन’ शीर्षकको कला प्रदर्शनी
काठमाडौं – मंगलबार कमलपोखरीस्थित रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा सामूहिक कला प्रदर्शनी सुरु भएको छ । ‘इलिसियन’ शीर्षक दिएको कला प्रदर्शनी न्यु समिट कलेज÷युनिभर्सल कलेज मैतिदवी, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र र नेपाल रसिया आर्ट क्लबले संयुक्त आयोजना गरेका हुन् ।
प्रदर्शनीको नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बिपिनकुमार घिमिरेले उद्घाटन गरेका थिए । कार्यक्रममा घिमिरेले कलाको अन्तर्राष्ट्रिय भाषा हुने भएकाले यसले देशको पहिचानलाई फैलाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।
त्यस्तै, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रका डेपुटी डाइरेक्टर एलेक्सी कोटल्यारोमले कलाले मानिसलाई अन्तर्राष्ट्रिय रुपमा जोड्ने बताए ।
प्रदर्शनीमा हरिहर खत्री, मिङ्मा तामाङ, सुजल श्रेष्ठ, ओमप्रकाश सिंह, विशाल सुवेदी, कर्णजंग नेपाली, नवीन घर्तीमगर, विजय रिजाल, कृतिशा चुल्याद्य, सहिल शाही ठकुरी, राम घलान, आश्वासन मिश्र, निकिता श्रेष्ठ, नवीन नापित, साहिल महर्जन, पूर्णिमा राई, हरिराम चौधरी, सुचान महर्जन, प्रभात राई, असिमता राई, बिदेल राई, कृति तिमिल्सिना, आशिष धिमाल, पासाङ डोल्मा शेर्पा लगायतका कलाकार सहभागी छन् ।
न्यु समिट÷युनिभर्सल कलेजमा अध्ययनरत् साढे दुई दर्जन विद्यार्थीका चित्र तथा मूर्ति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी एक सातासम्म चल्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज