मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘गीत गजल’को फष्टलुक

बुधबार, २५ असार २०७६, ११ : ०१
बुधबार, २५ असार २०७६

काठमाडौं – फिल्म ‘गीत गजल’को फष्टलुकसँगै प्रदर्शन तिमीतय गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति २५ असोज सार्वजनिक गर्दै फष्टलुक सार्वजनिक गरिएको हो । 

फिल्मको फष्टलुकमा फिल्मका मुख्य अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंह रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । फिल्म नीतिन चन्दले निर्देशन गरेका हुन् । 

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रुप र आरोहीको अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतिक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली सहित बालकलाकार योगीशा खत्री, सुजल खानलगायतको अभिनय रहेको छ । 

फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा निर्देशक नितिन चन्दको समेत कोरियोग्राफी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप