विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको गोली प्रहारबाट प्रहरीको मृत्यु, विप्लव कार्यकर्ता पनि मारिए
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताको गोली लागेर प्रहरीको मृत्यु भएको छ ।
बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको हो ।
महानिरिक्षक कार्यालयका एसपी रमेश थापाका अनुसार विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
प्रहरीले प्रतिकार गर्दा एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । मारिनेमा नीरकुमार राई रहेको प्रहरीले जानकारी दिएको छ ।
थापाका अनुसार त्यस क्षेत्रमा विप्लवका कार्यकर्ताहरु आएको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा गस्ती बढाएको थियो ।
आज बिहान प्रहरी र विप्लवका कार्यकर्ता आमनेसामने हुने बित्तिकै उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेका थिए । लगत्तै प्रहरीले जवाफी फायर गरेको थियो ।
जसमा एक जना विप्लव कार्यकर्ताको मृत्यु भएको थियो । मारिने राई ओखलढुंगा इन्जार्च समेत रहेको प्रहरीको भनाई छ । अन्य भने त्यहाँबाट भाग्न सफल भएका थिए ।
प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।
प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा