मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

झिंगाले किन खुट्टा रगड्छ : कारण जानेर छक्क पर्नुहुनेछ !

करोडौ वर्ष अगाडिदेखि नै पृथ्वीमा विद्यमान कीरा झिंगा
बुधबार, २५ असार २०७६, ०९ : ०९
बुधबार, २५ असार २०७६

तपाईले झिंगा त देख्नु भएकै छ । तर के तपाईले झिंगाको एउटा अनौठो व्यवहार याद गर्नु भएको छ ? छैन भने पनि याद गर्नुहोस्– बसेको बेला झंगाले सधैं आफ्नो खुट्टा एक आपसमा रगडिरहेको हुन्छ । आखिर झिंगाले यसरी अचम्मसंग खुट्टा रगड्नुको को रहस्य के होला ?

झिंगाले त्यसरी खुट्टा रगड्नुको रहस्य गज्जबको छ । त्यसले आफ्नो खुट्टाको चिलाई मार्न वा मालिस गर्न त्यसरी खुट्टा रगडिरहेको हुँदैन । वास्तवमा, त्यसले त आफ्नो खुट्टा सफा गर्न वा खुट्टामा टाँसिएको फोहोरमैलाहरु टक्टक्याउन त्यसरी खुट्टा रगडिरहेको हुन्छ ।

वास्तवमा, त्यसले त आफ्नो खुट्टा सफा गर्न वा खुट्टामा टाँसिएको फोहोरमैलाहरु टक्टक्याउन त्यसरी खुट्टा रगडिरहेको हुन्छ ।

फोहोर नै फोहोरमा मात्र डुलिहिँड्ने झिंगा फोहोरमा बस्दा त्यसको खुट्टामा, जिव्रोमा फोहोरको कणहरु, किटाणुहरु टाँसिएका हुन्छन् । नांगो आँखाले त झिंगाको खुट्टा सामान्य देखिन्छ । तर सुक्ष्मदर्शक यन्त्र वा बस्तुलाई ठुलो देखाउने शक्तिशाली शिशा (Magnifying glass) ले हेर्ने हो भने, झिंगाको पूरै शरीर रौं नै रौंले ढाकिएको हुन्छ । फेरी झिंगाको जिब्राे पनि च्याप्च्याप्ती टाँसिने गम जस्तो  पदार्थले ढाकिएको हुन्छ । तिनै रौहरुमा र जिव्रोमा नै फोहोरका किटाणुहरु टाँसिएर आएका हुन्छन् । यसको तीन जोडी खुट्टामा नंग रदुई दुई वटा रौंयुक्त प्याड हुन्छन्, जसले फोहोरलाई सजिलै तान्छ । फेरि झिंगाको खुट्टाको त्यो प्याडमा पनि त्यो गम जस्तो टाँसिने तरल पदार्थ निस्किरहेका हुन्छ । त्यसैको मद्दतले नै झिंगाको छतमा, चिप्लो सतहमा पनि सजिलै हिँड्न सक्छ ।

फोहोरमा बसेको झिंगा हाम्रो खानेकुरामा पनि बस्छ । त्यसरी बसेको बेला, रोगका किटाणुहरु, फोहोरका कणहरु आफै पनि झर्छ  र झिंगाले स्वभावतः खुट्टा तत्काउँदा पनि झर्छ । फलतः हाम्रा खानेकुरा फोहोर हुन्छ । त्यस्तो फोहोर खाना खाएपछि हाम्रो शरीरले रोगका किटाणुहरुसंग जुध्नु सकेन भने हामी थला पर्छौ । 

झिंगा मानव जातिकै सबैभन्दा खतरनाक शत्रु हो । यो बाघ–भालुभन्दा पनि खतरनाक हुन्छ । किनभने, बाघ भालुले त मान्छेलाई त्यस्तो साह्रो दुख दिँदैन । तर हेर्दा अति सानो जीव झिंगाले भने प्लेग, हैजा, टीबीलगायत धरै रोगका किटाणुहरु सारेर मान्छेलाई हैरान नै पार्छ । अनि वर्षेणी लाखौं मान्छेरुको ज्यानै लिन्छ । फेरि जति धपाए पनि जिउमा बसेर र  टाँसिएर यसले मान्छेलाई दिक्कै पार्छ ! 


झिंगा यस पृथ्वीमा सृष्टि भएका जीवहरुमा अति पुराना कीराहरुमध्ये पर्छन् । जीवहरुको  प्राप्त अवशेषहरुले के देखाउँछ भने, यो कीरा करोडौ वर्ष अगाडिदेखि नै पृथ्वीमा विद्यमान छ ।


झिंगा यस्तो खतरनाक र रोगको बाहक कीरा हो भन्ने कुरा बीसौं शताव्दीअघिसम्म मान्छेलाई राम्ररी थाहा थिएन । त्यस्तो त, झिंगा यस पृथ्वीमा सृष्टि भएका जीवहरुमा अति पुराना कीराहरुमध्ये पर्छन् । जीवहरुको  प्राप्त अवशेषहरुले के देखाउँछ भने, यो कीरा करोडौ वर्ष अगाडिदेखि नै पृथ्वीमा विद्यमान छ । पृथ्वीको बदलिएको परिस्थिति अनुुसार यसले पनि आफूलाई परिवर्तन गर्दै र अनुकुलतामा ढाल्दै आएको छ । यसलाई मास्न निकालिएका खतनाक विषहरुलाई पनि यसले सजिलै पचाउदै आएको छ । त्यसैले, यो किराबाट छुटकारा पाउन मान्छेले जस्तो सुकै उपायहरु अपनाए पनि सजिलै छुटकारा पाउन संभव देखिदैन ।   

Title photo: https://external-preview.redd.it

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप