शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रुबाहक बस सडकबाट ५० मिटर तल खस्दा ३ जनाको मृत्यु, १९ जना घाइते

बुधबार, २५ असार २०७६, ०७ : ४६
बुधबार, २५ असार २०७६

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । 

दुर्घटनामा परि मृत्यु हुनेहरुमा बसका चलक पथरीया २ झापाका ४२ बर्षिय कृष्ण बहादुर बस्नेत,सोलु दुधकुण्ड नगरपालिका ५ का ५२ बर्षिय माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका १४ का ३० बर्षिय लाल बहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिए । 

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाका गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाईएको छ भने अन्यको उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको थप बिबरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप