आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सप्तरीमा १४ वर्षीय बालिकाको बलात्कार

मङ्गलबार, २४ असार २०७६, १७ : ४७
मङ्गलबार, २४ असार २०७६

जनकपुर– सप्तरीमा १४ वर्षीया एक बालिकाको बलात्कार भएको छ । गत बुधबार मदिरा खुवाएर बलात्कार गरिएको घटना सार्वजनिक भएको हो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ वभनगामाकट्टी स्थित लक्ष्मीवल्लभ नर्सिङ माविको निर्माणाधीन भवनमा मजदुरी गर्ने बालिकाको बलात्कार भएको स्थानीयले बताए । हालसम्म प्रहरीमा भने उजुरी नपुगेपनी अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको छ ।

विद्यालयका कार्यालय सहयोगी शिवशङ्कर मण्डल र एक मजदुर घटनामा संलग्न भएको जनाइएको छ । हाल उनीहरू दुवै फरार छन् । यता प्रहरीले उनीहरूको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक भावेश रावलले जानकारी दिए ।

घटनाको विषयमा जानकारी आए पनि बालिकाकोतर्फबाट उजुरी नआएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए । बलात्कार वा बलात्कार उद्योग भन्ने विषय उजुरीपछि अनुसन्धान हुने उनले बताए ।

सोधपुछका लागि एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप