अमेरिकाको वासिङटन डिसीमा डुवान
वासिङटन डिसी– अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक बर्षाका कारण डुवान भएको छ । वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक बर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो ।
राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन । बाढीबाट सडक तथा घरहरु डुबेका छन् ।
अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३.३ इन्चसम्म पानी भरिएकाले विमान सेवा पनि प्रभावित भएको थियो । रेल सेवा पनि प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।
अचानक आएको बर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत पानीबाट प्रभावित भएको थियो । त्यसैगरी महत्वपुर्ण दस्तावेजहरु रहेको कार्यालय पनि बाढीमा परेको जनाइएको छ ।
सुरक्षाकर्मी र उद्धारकर्ताहरूले बाढीमा परेकालाई उद्धारको प्रयास गरिरहेका छन् । कतिपय प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण