हंसपुर नगरपालिकाकी उपमेयरले लेखिन्,‘मलाई केही भए तत्काल मेयरलाई समात्नु’
जनकपुर– धनुषामा सबैभन्दा विवादित नगरपालिकाको रुपमा रहेको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको संग्लनतामा व्यापक अनियमितता भएको रहस्य खुलेको छ । सो नगरपालिकाका मेयर मण्डलले आर्थिक कार्यविधि नियमावली २०६४ को विपरित अनियमितता गरेको पाइएको हो ।
नगरपालिकाका प्रमुख मण्डलले भ्रमण र मोबाइल खर्चमा समेत व्यापक घोटला गरेको पाइएको छ । प्राप्त विवरणअनुसार २०७४ चैत २१ गतेदेखि ०७४ चैत २९ गतेसम्म, २०७४ मंसिर १५ गतेदेखि २०७४ असोज २७ गतेदेखि २०७४ कातिक १ गतेसम्म काठमाडौं भ्रमण गरेवापत लिइएको ५ लाख ७७ हजार रुपैयाँको कुनैपनि प्रकारको विल भरपाई देखिन्न् । लेखा परीक्षक कार्यालयले समेत सो रकम असुल्न सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मेयर मण्डलले विभिन्न योजनाको अनुगमनको नाममा समेत जथाभावी रुपमा भत्ता बुझेका छन् भने विना प्रक्रिया पु¥याएर नगरपालिकबाट भत्ता बुझेका छन् । त्यस्तै उनले भ्रमण खर्च नियमावली विपरित भत्ता बुझेका छन् । नियमाअनुसार १५ किलोमिटर भन्दा टाढाको दुरीमा दैनिक भत्ता पाउने व्यवस्था भएको तर त्यो भन्दा कम दूरीमा भत्ता लिन पाइँदैन ।
उनले भने १५ किलोमिटरभित्रै अनुगमन भत्ता बुझेका छन् । सो क्रममा नगरप्रमुख मण्डलसहित ६ जनाले बहुक्षेत्रीय पोषण योजनाको अनुगमन तथा मूल्याँकनवापत ६० हजार भत्ता बुझेको पाइएको छ । उनले आफुसँगैका कर्मचारीहरुलाई खुसी राख्नका लागि समेत नियम विपरित भत्ता वितरण गरेका छन् । जनस्वास्थ्य संयोजक विगुल यादव र लेखापाल अरविन्दकुमार दासलाई स्वास्थ्य सम्बन्धी कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षणवापत २७ हजार रुपैयाँ भत्ता लिएका छन् ।
त्यस्तै सञ्चार खर्चमा समेत मेयर मण्डलले अनियमितता गरेका छन् । गत आर्थिक वर्षमा नगरपालिकामा सञ्चार खर्चको नाममा करिब ३४ हजार रुपैयाँको भौचरकार्ड (चिरार्च) खरिद गरिएको उल्लेख लेखा परिक्षक प्रतिवेदनमा उल्लेख छ । हंसपुर नगरपालिकामा व्यक्तिगत प्रयोजनको लागि मोवाईल समेत नगरपालिकाको नाममा खर्च गरी खरिद गरिएको छ । मोवाइल कसलाई दिएको वा किन खरिद गरिएको सोको विवरण खुलाइएको छैन । २०७५ असार ३२ गतेबाट नगरपालिकले तिरुपति मोवाईल रिपेयरिंग सेन्टरबाट मोवाईल एक थान १४ हजार ४ सय ९९ रुपैयामा खरिद गरेको खर्च उल्लेख गरिएको छ । उक्त मोवाइल कुन प्रयोजनका लागि लिइएको हो भन्ने कुरा समेत नखुलाई खर्च लेखेको देखिएको छ ।
यता, उपमेयर रेणु झाले आफुले मेयर रामज्ञान मण्डलको कारण असुरक्षित रहेको बताइएकी छिन् । समाजिक सञ्जालमा आफुलाई मेयर मण्डलको निर्देशनमा विभिन्न प्रकारले धम्कीहरु आउने गरेको जनाइएकी छिन । समाजिक सञ्जालमा उनले आफुले विभिन्न योजनाहरुको अनुगमनको क्रममा व्यापक अनियमितता देखिएकोबारे बोल्न खोज्दा आफुलाई धम्की आउने गरेको बताइन् । उपमेयर झाले समाजिक सञ्जालमा लेखेकी छिन्, ‘मेरो अनुगमनको बेला मलाई विभिन्न धम्की दिइन्छ, यो मलाई र मेरो परिवार समेतलाई केही भए हंसपुरको मेयरलाई समात्नु, म अब धेरै भयभित भएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !
-
सरकारका कमजोरीलाई स्वस्थ खबरदारी गर्न मुख्यमन्त्री कँडेलको आग्रह
-
विप्लवका पाँच सन्देश
-
गण्डकी प्रदेशमा पुस ९ भित्र खेलाडीले आफूलाई दर्ता गर्नुपर्ने