बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसद कोमल वेलीले ल्याइन् तीज गीत ‘छड्के तिलहरी’

मङ्गलबार, २४ असार २०७६, १२ : ०४
मङ्गलबार, २४ असार २०७६

काठमाडौं – हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाइ लक्षित गर्दै गीत बजारमा निकाल्ने क्रम बढ्दो छ । यस्तैमा गायिका तथा राष्ट्रिय सभाका सांसद कोमल वलीले पनि नयाँ तीज बजारमा ल्याएकी छिन् । 
राजनीतिमा अगाडि बढ्दै गरेकी वलीले उनकी बहिनी प्रज्ञा शरदले साथ दिएकी छिन् । ‘छड्के तिलहरी’ बोलको गीतमा उनकै दिदी बहिनीको अभिनय देख्न सकिन्छ । भिडियोमा दुबै दिदी बहिनी बीच हुने गहिरो प्रेम प्रस्तुत गरिएको छ ।
एकनारायण भण्डारीको शब्द संगीत रहेको गीतको भिडियो  पवित्रा आचार्यले निर्देशन गरेकी हुन् । भिडियोमा रामेश्वर कार्कीको छायाकंन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप