अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् नेपाली महिला
महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ?
डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ । किनभने उहाँ विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त सुरक्षा संवेदनशील मानिएको ह्यूज रिसर्च ल्यावोरेटोरिज (एचआरएल)मा इन्जिनियरिङ विज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।
शर्मा आवद्ध ल्यावले तयार गर्ने न्यानो टेक्नोलोजी र सफ्टवेयर अमेरिकी रक्षा विभाग (डार्पा), अमेरिकी सुरक्षा एजेन्सी (एनएसए), विश्वप्रसिद्ध हवाई उत्पादक कम्पनी (बोइङ), अमेरिकी बहुराष्ट्रिय जनरल मोटर्स कर्पोरेसन (जीएमसी) जस्ता कम्पनीले प्रयोग गर्दै आएका छन् ।
एचआरएलका उत्पादन प्रयोग गरिरहेका कम्पनीले थप र नयाँ उपकरण माग गर्नुपर्ने अवस्था आएमा ती कम्पनीले पुनः ल्यावको गुणस्तर, गोपनीयता र सुरक्षा सुनिश्चिता गर्ने उहाँले बताउनुभयो । शर्मा भन्नुहुन्छ– एचआरलका प्रयोगकर्ता यस्ता विषयमा ढुक्क भएपछि मात्रै उत्पादन प्रकृया अघि बढ्छ । उहाँका अनुसार एचआरएलले न्यानो टेक्नोलोजीमा आधारित ट्रान्जिस्टर, तीब्र गति र उच्चशक्तिका नवीनतम उपकरण तयार गर्दै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस