शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८५ केजी गाँजासहित एकजना पक्राउ

सोमबार, २३ असार २०७६, २० : ०६
सोमबार, २३ असार २०७६

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुर्ब–पश्चिम सडक खण्डबाट ८५.६ केजी गाँजासहित १ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बिशेष सूचनाको आधारमा  मनहरिबाट हेटौंडातर्फ आइरहेको बा१२ख ८५५६ नम्बरको कारलाई उपमहानगरपालिका–११ थानाभर्यांगमा चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो । 

प्रहरीले कार चालक मकवानपुर कैलाश गाउँपालिका–१  घर भई हाल इच्छा गाउँपालिका–७ चितवन बस्ने बर्ष ३० को गणेश थापालाई नियन्त्रणमा लिएको हो । 

६ वटा पोकामा प्लास्टिकले बेरी लुकाईछिपाई राखेको  अवस्थामा कारको पछाडी डिकीबाट उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले बताए । 

कारसहित थापालाई नियन्त्रणमा लिई लागुऔषध ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिए । 

कसुर प्रमाणित भएमा निजलाई २ देखि १० बर्ष जेल र १ लाख देखि २० लाख सम्म जरिवाना भई कार समेत जफत हुने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप