शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय दूतावासले विषादी परीक्षण रोक्न पठाएको यस्तो पत्र

सोमबार, २३ असार २०७६, १९ : १७
सोमबार, २३ असार २०७६

काठमाडौं– विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई काटेको पत्र रातोपाटीलाई प्राप्त भएको छ ।

लैनचौरस्थित भारतीय दूतावासले भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलमा विषादी परीक्षण सम्बन्धमा मन्त्रालयलाई पत्र काटेको पाइएको हो ।

दूतावासले लेखेको सो पत्रमा भारतबाट नेपाल भित्रिने फलफूल तथा तरकारीमा रोक लगाएको नभइ विषादी परीक्षणमा मात्रै कडाइ गरिएको भनिएता पनि नेपाल सरकारको निर्णयले हल्लीखल्ली मच्चिएको थियो ।

नेपालमा फलफूल र तरकारी बेच्न नपाएको भन्दै भारतीय व्यापारीहरुले दूतावाससम्म गुनासो पुर्‍याएपछि भारतिय दूतावासले नेपाल सरकारलाई पत्र काटेको हो ।

राजदूतावासको पत्रमा ‘नेपाल सरकारका निकायहरूले सबै ताजा तरकारी तथा फलफूलको आयातमा वनस्पति क्वारेन्टाइन र विषादी स्तर पुनः परीक्षण लागू गरेको भन्ने विषयमा यस दूतावास अवगत नै छ ।’

पत्रमा भनिएको छ, ‘पुनः परीक्षणको आवश्यकता गैरकर अवरोधजस्तै हो र यसले व्यापार रोकिएको छ । साथै, अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्दछ । यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना भएन।’

भारत र नेपालबीच दशकौंदेखि कायम रहेका द्विपक्षीय व्यापार व्यवस्था अनुरूप नेपाल सरकारका सम्बन्धित निकायलाई यस पत्रमार्फत नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी चेकजाँच नगर्न सम्वन्धित मन्त्रालयलाई आग्रह गरिएको उल्लेख छ ।

पत्रमा दूतावासले सामग्रीको व्यापार रोकिने र भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरकर अवरोधको तत्काल कार्यान्वयनका लागि आवश्यक सूचना तथा कागजातसहित औचित्य पुष्टि गर्न मन्त्रालयलाई आग्रह समेत गरेको छ ।
 

यस्तो छ दूतावासको पत्र


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप