सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रभासको फिल्म ‘साहो’को पहिलो गीत ‘साइको साइया’ चर्चामा

सोमबार, २३ असार २०७६, १८ : ४४
सोमबार, २३ असार २०७६

मुम्बई – बाहुबली फिल्म अभिनेता प्रभासको बलिउड डेब्यु फिल्म ‘साहो’को पहिलो गीत ‘साइको साइया’ रिलिज गरिएको छ ।

आइतबार युट्युबमार्फत भएको गीत सार्वजनिक हुने बित्तिकै चर्चामा छ । गीतमा प्रभास र अभिनेत्री श्रद्धा कपुरको जर्बजस्त केमिस्ट्री देख्न सकिन्छ । गीत दर्शकले मन पराएका छन् ।

गीतमा श्रद्धा मिनी सिमर ड्रेसमा निकै राम्री देखिएकी छन् । रातो लिपिष्टिकले उनको लुक निकै हट देखाएको छ । कालो टिर्सट र ज्याकेटमा प्रभास पनि निकै ह्यान्सम देखिएका छन् । 

ध्वनी भानुशालीको स्वर रहेको यो पार्टी गीत हो । भिडियोमा प्रभास र श्रद्धा क्लबमा नृत्य गर्दै देखिएका छन् । श्रीजोको शब्द रहेको गीतमा संगीत तनिष्क बागचीको हरेको छ । गीतमा कोरियोग्राफी राजु सुन्दरमको छ । 

यो गीत हिन्दी, तमिल, तेलुगु र मलायली गरेर चार भाषामा तयार गरिएको छ ।

फिल्ममार्फत श्रद्धा पहिलो पटक पुलिस अफिसको भूमिकामा देखिँदै छिन् । प्रभासको बलिउड डेब्यु फिल्म भएकोले पनि दर्शकले धेरै नै चासो देखाएका छन् । 

फिल्ममा प्रभास र श्रद्धाको भरपुर एक्सन समेटिएको छ । सुजीत केको निर्देशन रहेको फिल्म ३०० करोड बढी बजेटमा निर्माण भएको हो ।
 
फिल्ममा प्रभास, श्रद्धाको अलवा नील नितिन मुकेश, चंकी पाण्डे, र ज्याकी श्रापको पनि मुख्य भुमिका रहेको छ ।  

फिल्मको रिलिज मिति १५ अगष्ट तय गरिएको छ । फिल्को टे«ेलर केही पहिले रिलिज भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप