प्रभासको फिल्म ‘साहो’को पहिलो गीत ‘साइको साइया’ चर्चामा
मुम्बई – बाहुबली फिल्म अभिनेता प्रभासको बलिउड डेब्यु फिल्म ‘साहो’को पहिलो गीत ‘साइको साइया’ रिलिज गरिएको छ ।
आइतबार युट्युबमार्फत भएको गीत सार्वजनिक हुने बित्तिकै चर्चामा छ । गीतमा प्रभास र अभिनेत्री श्रद्धा कपुरको जर्बजस्त केमिस्ट्री देख्न सकिन्छ । गीत दर्शकले मन पराएका छन् ।
गीतमा श्रद्धा मिनी सिमर ड्रेसमा निकै राम्री देखिएकी छन् । रातो लिपिष्टिकले उनको लुक निकै हट देखाएको छ । कालो टिर्सट र ज्याकेटमा प्रभास पनि निकै ह्यान्सम देखिएका छन् ।
ध्वनी भानुशालीको स्वर रहेको यो पार्टी गीत हो । भिडियोमा प्रभास र श्रद्धा क्लबमा नृत्य गर्दै देखिएका छन् । श्रीजोको शब्द रहेको गीतमा संगीत तनिष्क बागचीको हरेको छ । गीतमा कोरियोग्राफी राजु सुन्दरमको छ ।
यो गीत हिन्दी, तमिल, तेलुगु र मलायली गरेर चार भाषामा तयार गरिएको छ ।
फिल्ममार्फत श्रद्धा पहिलो पटक पुलिस अफिसको भूमिकामा देखिँदै छिन् । प्रभासको बलिउड डेब्यु फिल्म भएकोले पनि दर्शकले धेरै नै चासो देखाएका छन् ।
फिल्ममा प्रभास र श्रद्धाको भरपुर एक्सन समेटिएको छ । सुजीत केको निर्देशन रहेको फिल्म ३०० करोड बढी बजेटमा निर्माण भएको हो ।
फिल्ममा प्रभास, श्रद्धाको अलवा नील नितिन मुकेश, चंकी पाण्डे, र ज्याकी श्रापको पनि मुख्य भुमिका रहेको छ ।
फिल्मको रिलिज मिति १५ अगष्ट तय गरिएको छ । फिल्को टे«ेलर केही पहिले रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण