केन्द्रीय संस्करण
नीतिकथा

अहिंसकको चालबाजी

person explore access_timeअसार २३, २०७६ chat_bubble_outline0

एकपटक एकजना अहिंसकले एउटा कछुवा भेट्टायो । उसलाई कछुवाको मासु खाउँ खाउँ लागेर आयो । तर आफू अहिंसक ! अहिंसकले आफ्नै हातले जिउँदो कछुवा कसरी मार्ने ? सोच्यो, मार्न त हुँदै भएन, मासु पनि खानै पर्‍यो ।

अहिंसकले अँगेनामा खड्कुलो बसालेर पानी भकभकी उमाल्यो । खड्कुलामाथि एउटा बाँस तेर्स्यायो  र कछुवासित भन्यो, “तिमी यस्तो बाँसबाट घस्रेर यतापट्टिबाट उतापट्टि पुग्न खप्पिस छौ रे, छिटोछिटो घस्रन सक्छौ रे भन्ने सुनेको छु, लौ त यो बाँसको यता टुप्पाबाट उता टुप्पासम्म पुगेर देखाऊ त हेरौं ! त्यति गर्‍यौ भने म तिम्रो खुबी मान्छु । अनि तिमीलाई लगेर तिम्रै पोखरीमा छोडिदिन्छु ।”

कछुवाले अहिंस्रकको चालबाजी अलिअलि थाहा पायो । तैपनि मलाई पोखरीमा लगेर छोडिदिन्छ कि भन्ने आशाले कछुवा बाँसको ओल्लो टुप्पाबाट घस्रँदै पल्लो टुप्पोमा पुग्यो ।

कछुवा खड्कुलोमाथिको बाँसबाट घस्रेस यसरी पारि पुग्न सक्ला भन्ने अहिंसकले सोचेकै थिएन । नसोचेको कुरा भएपछि एक्कासि कुरा फेर्दै अहिंसकले भन्यो, “स्याब्बास्, तिमी साँच्चै होसियार रहेछौ । खप्पिस रहेछौ । अब फेरि एक पटक फर्केर त्यो छेउबाट यो छेउसम्म घस्रेर देखाइदेऊ त । अनि म तिमीलाई छोडिदिन्छु ।”

उसको खराब नियत राम्ररी बुझेर कछुवाले रिसाउँदै भन्यो, “अहिंसक महोदय, तपाईं मलाई तर्कारी बनाएर चपाउँनै चाहनुहुन्छ भने स्पष्ट किन भन्नु हुन्न र घुमाइफिराइ यसरी दुःख दिने काम मात्र किन गर्नुहुन्छ हँ ?”

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...