मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

हिँड्दा हामी किन लड्दैनौं ?

फन्फन्ती घुम्दा शरीर केहीबेर असन्तुलित हुनुको रहस्य !
सोमबार, २३ असार २०७६, १६ : ५६
सोमबार, २३ असार २०७६

हामी हाम्रा दुई खुट्टाको सन्तुलनको आधारमा हिँड्छौ । हिँड्दा हामीलाई आँखाले मार्गदर्शन गरिरहेको हुन्छ ।  तर आँखाले रहेरिकन हिँड्दा पनि हामी लडिहाल्दैनौ । अर्थात्, आँखा चिम्लेर हिड्दा पनि हाम्रो शरीरको सन्तुलन बिग्रिदैन । यस्तो कसरी सम्भव हुन्छ त ? हाम्रो शरीरलाई केले त्यसरी सन्तुलित पारिरहेको हुन्छ ?

वास्तवमा हाम्रो शरीरलाई सन्तुलित पार्ने काम कानले गरिरहेको हुन्छ । यो कुरा सायद पत्याउन मुश्किलै पर्छ होला । किनभने, हामीले प्रत्यक्ष थाहा पाएका कुरा केहो भने–  कानको काम सुन्ने मात्र हो । तर कानको कक्लिया नामक भागले हामी हिँड्डुल गर्दा हाम्रो शरीरलाई सन्तुलित अवस्थामा राख्न मद्दत गर्छ ।

कानको काक्लिया नामक उक्त भाग तरल पदार्थले भरिएका हुन्छ र त्यसको भित्री पत्रमा अत्यन्त मसिना रौंहरु हुन्छन् । जब हामी हिड्छौं या चल्छौ, त्यो तरल पदार्थ पनि हल्लिन्छ । त्यो हल्लिदा त्सहाँ भएको रौंमा पनि हलचल पवैदा हुन्छ । त्यो हलचलका आधारमा मस्तिष्कसँग जोडिएका सुक्ष्मा स्नायुहरुले हाम्रा गतिविधि बारे मस्तिष्कमा सन्देश पु¥याउछन् । त्यही सन्देशाक आधारमा कार्य गरेर मस्तिष्कले हाम्रो शरीरको शन्तुलनलाई बिग्रन दिदैन । यसरी उक्त तरल पदार्थले हाम्रो शरीरलाई सन्तुति राख्न मस्तिष्कलाई नियन्त्रण गरिरहेका हुन्छ ।

हामी फन्फन्ती घुमेर रोकियौ भने केहीबेरसम्म हामी हाम्रो शरीरको सन्तुलन कायम राख्न सक्दैनौ । यसको कारण पनि काक्लियमा रहेको तरल  पदार्थ नै हो । हामी घुम्दा त्यो  पदार्थ पनि तीब्र वेगमा घुम्छ । हामी घुम्नाछाडेर रोकिदा पनि केही समयसम्म त्यो तरल पदार्थचाँहि घुमीनै रहन्छ । त्यसरी बेगमा घुमेको तरल पदार्थको हलचलले पैदा भएको स्थितिमा मस्तिष्कका नशाहरुले त्यसलाई ठीक ढंगले सन्देशमा ढाल्न सक्दैन । यसले गर्दा मस्तिष्कसम्म  हाम्रो गतिविधिबारे जसरी सन्देश पुग्नु पर्ने हो, त्यसरी पुग्न सक्दैन । फलतः हामी चाहेर पनि केहीबेरसम्म हाम्रो शरीरलाई ठीक ढंगले सन्तुति राख्न सक्दैनौ । जब त्यो तरल पदार्थ घुमन रोकिन्छ, त्यस पछि हामी हाम्रो सामान्य अवस्थमा नै आइपुग्छौ ।

काही कोही व्यक्ति उठ्दा बस्दा लड्खडाउने गर्छन् । त्यसो हुनुको कारण पनि उनीहरुको कानको काक्लियामा लागेको चोटपटक वा क्षति हुन सक्छ । त्यस्तै, मध्ये कानजको युट्रिकल नामक एक भाग क्षति ग्रस्त भयो भने त त्यो व्यक्ति सधैको लागि नै समेत असन्तुलित हुन सक्छ ।

Photo: https://images.impartmedia.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप