मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आँसु किन आउँछ ?

सोमबार, २३ असार २०७६, १६ : २५
सोमबार, २३ असार २०७६

आँसु आँखाको कोर्नियाको सुरक्षाको लागि शरीरको विलक्षण सुरक्षा प्रणली हो । यसले दुई प्रकारले आँखाको रक्षा गर्छ ।

पहिलो त, आँखामा रहेको दुइवटा Lachrymal ग्रन्थीबाट निस्कने आँसुले आँखाको कोर्नियालाई सफा राख्न र यसमा परेका बाहिरी बस्तुहरुलाई बगाएर बाहिर निकाल्न मद्दत गर्छ ।

दोस्रो, आँसुमा रहेको Lysozyme नामक विशेष इनजाइमले व्यक्टोरियाहरुलाई मारिदिने काम गर्छ र आखाँमा हुन वा रोग लाग्नबाट बचाउँछ । त्यही इनजाइमको कारण आँसुको स्वाद नूनिलो हुन्छ । आँसु आँखाको दानलाई ढाक्ने पातलो झिल्ली जसलाई Conjunctiva भनिन्छ त्यसमाथि बग्छ र आँखाको भित्री कुनामा रहेको नलीमा जम्मा भएर बाहिर निस्कन्छ ।

Main Photo: https://www.verywellhealth.com/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप