मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सबैको लघुवित्तको साधारण शेयर बिक्री हुँदै

सोमबार, २३ असार २०७६, १५ : २६
सोमबार, २३ असार २०७६

पछिल्ला दिनमा लघुवित्त संस्थाको साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । 

आइतबारदेखि आँधी खोला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री शुरु भएको छ । यस्तै शुक्रबारदेखि घोडीघोडा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री भइरहेको छ । 

यही क्रममा आगामी साउन १ गतेदेखि  सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । संस्थाले आज एक आह्वानपत्र प्रकाशित गरी आगामी साउन १ गतेदेखि रु पाँच करोड ३० लाख बराबरको पाँच  लाख ३० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको उल्लेख गरेको  छ ।

आह्वानपत्र अनुसार शेयर बिक्री बन्द छिटोमा आगामी साउन  ५ गतेसम्म तोकिएको छ । संस्थाका कर्मचारीलाई आठ हजार २५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५०० कित्ता सुरक्षित गरिएको छ । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । सो संस्थाको साधारण शेयरमा न्यूनतम १० देखि अधिकतम दुई हजार कित्तासम्म आवेदन दिन पाइने छ । 

यसैबीच सहयोगी विकास बैंकको शेयर कारोवार रोक्का भएको छ । सिटिजन बैंक इन्टरनेशनलले उक्त विकास बैंकलाई प्राप्ति गर्नेभएपछि कारोवार रोक्का गर्ने निर्णय गरेको हो । आइतबार सिटिजनले सहयोगी विकास बैंकलाई प्रापित गर्ने सम्झौता गरेको छ । दुई संस्था गाभिएर एकीकृत कारोवार नहुँदासम्म शेयर कारोवार रोक्का राख्ने निर्णय भएको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको विकास बैंकका कम्पनी सचिव राजेशकुमार मल्लिकले जानकारी दिए । 

यस्तै स्टकमा आज सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर लाभांश सूचीकृत भएको छ । कूल तीन लाख २३ हजार १९० कित्ता शेयर लाभांश सूचीकृत भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप