शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बलरसामु मलेसिया निरिह, नेपाल फाइनलमा प्रवेश

सोमबार, २३ असार २०७६, ११ : ३१
सोमबार, २३ असार २०७६

नेपालको क्रिकेट टोली एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ ।

सोमबार आयोजक मलेसियालाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो ।

किनरारा ओभलमा आयोजना भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

नेपाली बलरहरुले कसिलो बलिङ गर्दै मलेसियालाई ४०.५ ओभरमा ८७ रनमा सिमित गर्यो ।

मलेसियाको ब्याटिङलाई ध्वस्त गर्ने क्रममा सागर ढकालले तीन विकेट लिए भने कुशल मल्लले २ विकेट लिए ।

ढकालले १० ओभर बलिङ गर्दै ३ मेडनसहित १६ रन खर्चेर तीन विकेट लिन सफल भए । मल्लले ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेर दुई विकेट लिए ।

तिलक राज भण्डारी, रसिद खान र कमल सिंह ऐरीले १–१ विकेट लिए ।

मलेसियाका लागि मोहमद अमिरले सर्वाधिक २४ रनको योगदान दिए ।

जीतका लागि ८८ रनको झिनो लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १५.५ ओभरमा ३ विकेट गुमाएर पछ्यायो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले यसक्रममा २ चौका र एक छक्का हिर्काए ।

कप्तान रोहित कुमार पौडेलले ३१ रनको योगदान दिए । यसक्रममा उनले पनि समान २ चौका र १ छक्का हिर्काए ।

ओपनर पवन सर्राफले १८ रन बनाए ।

अब नेपालले हङकङ र सिङ्गापुरको विजेतासँग भिड्नेछ ।

फाइनलमा नेपालले जीत हासिल गरे युवा एशिया कपका लागि छनौट हुनेछ।जहाँ नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप