एकाबिहानै ‘छौंडा’ छुटेपछि...
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको यो ट्वीटले हल्लीखल्ली मच्चायो । अघिल्लो दिनमात्र सत्तारूढ नेकपाको संसदीय दल बैठकमा सरकारप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए । पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले बैठकपछि संवाददाताहरूसँग भारतबाट आयातीत फलफूल तथा तरकारीमा विषादी परीक्षण रोक्ने निर्णयप्रति आपत्ति जनाएका थिए ।
प्रधानमन्त्रीका प्रमुख सहयोगीका रूपमा सुरुबाटै कार्यरत रिमालले कसप्रति लक्षित गरेका हुन् भन्ने धेरैले खुलदुली प्रकट गरेका छन् । उनले भने न आफ्नो ट्वीटबारे ओइरिएका प्रतिक्रियाको कुनै प्रस्टीकरण नै दिएका छन् ।
बिहान ६ बजेर ४० मिनेट जाँदा पोस्ट भएको ट्वीट थुप्रै रिट्वीट र लाइक भएका छन्, त्यत्ति नै प्रतिक्रिया आएका छन् । प्रायः संयमित रहने रिमालले किन एक्कासि सरकारलाई हतास मनस्थितिमा देखाउने ट्वीट गरे भन्नेमा धेरैको जिज्ञासा देखिएको छ । प्रधानमन्त्री ओली एकपछि अर्को निर्णयबाट हट्न बाध्य हुनुपरेको र पार्टीमा अन्य नेताहरूसँग कार्य्विभाजन टुंगोमा पुर्याउन नसकेको पृष्ठभूमिमा रिमालकोट्वीटले बालुवाटारको मनस्थिति दर्शाएको मानिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको ब्याजदर ३१ वर्षयताकै उच्च स्तरमा
-
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन
-
झापामा विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाबिच छलफल
-
अर्थ मन्त्रालय बजेट थुपार्ने तर खर्च गर्न नसक्ने ‘सुपर मिनिस्ट्री’ बन्यो : कँडेल
-
विवादकाबिच रास्वपा कर्णालीको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न
-
११ महिनाको पुँजीगत खर्च दयनीय, यो वर्ष पनि सरकारलाई असारे विकासकै भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण