शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चाको डाइपरमा सुन तस्करी, ३ जना पक्राउ

आइतबार, २२ असार २०७६, १७ : ३९
आइतबार, २२ असार २०७६

काठमाडौं । बच्चाको डाइपरमा कतारबाट सुन लुकाएर ल्याउने मोरङ कानपोखरीका लिलाबहादुर बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको विशेष टोलीले विमानस्थल प्रहरीको सहयोगमा बस्नेतलाई पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

लामो समयदेखि कतारमा वैदेशिक रोजगारीमा कार्यरत बस्नेत ३ वर्षपछि छुट्टीमा नेपाल फर्किएका हुन् । बस्नेतले ल्याएको २२ थान बच्चाको डाइपर शंका लागेर चेकजाँच गर्ने क्रममा ४०० ग्राम सुन भेटिएको बोगटीले बताए । 

बस्नेतको साथबाट डाइपरको बटनभित्र मेसिनले प्याक गरी स–साना रिङ बनाउने १७५ पिस सुनको रिङ र ५० ग्रामको बाला बरामद भएको प्रहरीले जनाएको छ । 

बस्नेतसँगै उक्त सामान बुझ्न बाहिर बसेका गोरखा पालुङटार घर भएका वर्ष २७ को रुपेश गिरी र वर्ष २६ को टेक बहादुर थापा समेत प्रहरीको फन्दामा परेका छन् । 

तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप