शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी

आइतबार, २२ असार २०७६, १६ : २१
आइतबार, २२ असार २०७६

 लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ । 

युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)सँगको समन्वयमा आवश्यक प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

केही दिनभित्रै श्रेष्ठको शव नेपाल आइपुग्ने पनि उक्त मन्त्रालयले बताएको छ । यही असार १७ गते भएको हवाई आक्रमण परी श्रेष्ठसहित ४० आप्रवासी र शरणार्थीको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप