शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सक्रिय हुनथाल्यो देशभरको मनसुन : पश्चिम क्षेत्रमा बाढी पहिरोको जोखिम

आइतबार, २२ असार २०७६, ११ : ०७
आइतबार, २२ असार २०७६

काठमाडौँ । असारको तेस्रो साताबाट देशभर मनसुन सक्रिय हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विस्तारै मनसुनी न्यूननचापीय रेखा भारतबाट नेपालतर्फ सर्न थालेकाले देशभरको मौसम बदली भएर भारी वर्षा हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

मौसमविद् पोखरेलअनुसार शनिबारबाटै देशको धेरैजसो ठाउँमा पानी परेपनि आइतबारबाट सो क्रम अझ बढ्नेछ । विभागका अनुसार आइतबार दिउँसो मध्य र पश्चिमी क्षेत्रको पहाडी भू–भागमा भारी बर्षा हुने सम्भावना छ ।

त्यस्तै आइतबार राति पूर्वका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । यो क्रम मम्तिमा तीन दिन रहने बताइएको छ ।

यसैवीच बाढी पुर्वानुमान विभागले आइतबार देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

विभागले पश्चिम नेपालका डेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, वर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

विभागले १ हप्ता सम्म देशभरका प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै तटिय क्षेत्रमा रहेका कृषि उपज सम्भव भएसम्म चाँडो थन्क्याउन अनुरोध गरेको छ ।

आइतबारदेखि मङ्गलबारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको बताएको छ ।

बुधबारबाट भने प्रदेश १, प्रदेश ३ र प्रदेश ५ को धेरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका खोलानालाहरूमा आकस्मिक बाढी आउने पुर्वानुमान छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

 

असार २२ गते (आईतवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन सहितको वर्षाको सम्भावना रहेको छ। देशका बांकी भू-भागहरूमा हल्का वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानहरूमा र पूर्वका केही स्थानहरूमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भागका एक-दुई स्थानहरू, मध्य-पश्चिमी तराईका एक-दुई स्थानहरूमा र पूर्वका तराई र तल्लो पहाडी भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना छ।

असार २३ गते (सोमवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वि नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा र पूर्वि नेपालका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

असार २४ गते (मंगलवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वि नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप