शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फोटो सेयर गर्दिनँ, आफ्नो छोरालाई तैमुर (करिना–सैफका छोरा) बनाउन चाहन्नँः पाकिस्तानी पूर्व क्रिकेटर

आइतबार, २२ असार २०७६, ०८ : ५५
आइतबार, २२ असार २०७६

पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले आफ्नो युट्युब च्यानलमार्फत् छोराको पिता भएको जानकारी दिएका छन् । शोएबले आफ्नो बच्चालाई तैमुर (करिना–सैफको) का छोरा झैं लाइमलाइटमा ल्याउन नचाहेको भन्दै तस्बिर साझा नगर्ने बताएका छन् । शोएबका अनुसार श्रीमती रुबाब बेगमले बिहिबार छोरालाई जन्म दिएकी छिन् र आमा–बच्चा दुबै स्वस्थ छन् ।

पूर्व पाकिस्तानी क्रिकेटरले आफ्नो बच्चाको नाम अहिलेसम्म पनि नराखेको बताएका छन् । भिडियोमा प्रशंसकलाई सम्बोधन गर्दै शोएबले आफ्नो बच्चाको नामको विषयमा थोरै अलमलमा भएको बताए । शोएबले प्रशंसकलाई उनकी श्रीमती र बच्चाको राम्रो स्वास्थ्यका लागि प्रार्थना गरिदिन आग्रह गरेका छन् । शोएबले रुबाब खानसँग सन् २०१४ मा विवाह गरेका थिए । उनका यसअघि ती वर्षका एक छोरा छन् जसको नाम उनीहरुले मोहब्बत मिगेल अली राखेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Keep my newborn baby & the mother in your prayers. Watch me break the news on my YouTube channel. (Link in bio 👆)

A post shared by Shoaib Akhtar (@imshoaibakhtar) on

स्मरण रहोस्, सैफ अली खान र करिना कपुरका छोरा तैमुर अली खान सोसल मिडियामा निकै चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप