शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यौनशिक्षाः लजाउने शिक्षक छोडेर युट्युवतिर लाग्ने ईच्छा

आइतबार, २२ असार २०७६, ०७ : २२
आइतबार, २२ असार २०७६

विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् ।

‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित विषय समावेश गर्दैमा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन,’ आदिनाथ माध्यमिक विद्यालय, चोभारका प्रधानाध्यापक जुजुभाइ महर्जनले बताए ।

उनकै विद्यालयमा यौन शिक्षा पढाइरहेकी शिक्षिका रमिला तामाङ सहमति जनाउँछिन्, ‘कक्षाकोठाभित्र प्रवचन विधिद्वारा पढाइएको यौनशिक्षाको विषयवस्तु अपुग छ, किशोर–किशोरी र युवाहरुलाई यस सम्बन्धमा आवश्यक जानकारी गराउन हामीले थप प्रयास गर्नु आवश्यक छ ।

शिक्षिका तामाङले बाहिरका केही गैरसरकारी संस्थाहरुसँग मिलेर यौन तथा प्रजनन स्वास्थ्यको बारेमा विद्यार्थीलाई थप प्रशिक्षण दिने गरेको पनि जानकारी गराउनुभयो । किशोर–किशोरीले यौनशिक्षाका बारेमा जानकारी पाएभने उनीहरुले आफ्ना अभिभावकलाई समेत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा प्रशिक्षित गर्नेछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज रेग्मीले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप