मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

शनिबार, २१ असार २०७६, १६ : ३८
शनिबार, २१ असार २०७६

काठमाडौं । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको रातोपाटीलाई जानकारी दिए । 

उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताए । 

भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ । 

भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप