एनआरएन अष्ट्रेलियाको चुनावमा एसएमएस आतङ्क
काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको नयाँ कार्यकालका लागि भएको निर्वाचनमा समूहगत भिडन्त भएको छ । संघको राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावलीमा उम्मेदवारले राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानल बनाएर चुनाव लड्न नपाउने व्यवस्था भएपनि सोको उलंघन गर्दै एनआरएन अष्ट्रेलियामा समावेशी र साझा समूहको नाममा दुई प्यानलबीच चुनावी भिडन्त भएको हो ।
समावेशी (नेकपा निकट) प्यानलको नेतृत्व दिनेश पोखरेलले गरेका छन् भने साझा (काँग्रेस निकट) प्यानलको नेतृत्व केशव कडेलले गरेका छन् ।
शनिबार भएको निर्वाचनमा दुबै प्यानलका उम्मेदवारले आफ्नो पक्षमा मत तान्न निर्वाचन अवधिमा समेत आचारसंहिता विपरितका कार्यहरु गरेको गुनासो आएको छ।
केही उम्मेदवारले सोबारेको उजुरी एनआरएन निर्वाचन आयोगमा गरेका छन् । उनीहरुले निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न एसएमएस पठाएरको भन्दै उजुरी गरेका हुन् । अष्ट्रेलियामा रहेका एक एनआरएन नेताले नेपालको संसदीय निर्वाचनलाई झल्को दिनेगरी एसएमएस आतंक फैलाउने काम भएको भन्दै यसलाई रोक्न आफूहरुले एनआरएन निर्वाचन आयोगलाई जानकारी गराएको बताए ।
भाेट हाल्न अनुराेध गरिएकाे एसएमएसकाे एक स्कृनसट
उनका अनुसार अहिले निर्वाचन आयोगले सम्बन्धित उम्मेदवारलाई यस्तो कार्य नगर्न सचेत गराएको छ । तैपनि एसएमएस पठाइने कार्य भने रोकिएको छैन।
नयाँ नेतृत्व चयनका लागि अष्ट्रेलियाका आठ वटै राज्यमा शनिबार निर्वाचन भइरहेको हो । अष्ट्रेलियामा मतााधिकार भएका ११ हजार ६११ मतदाता रहेका छन् । जसमा सबैभन्दा बढी सिड्नीमा ४ हजार ६४५ मतदाता रहेका छन् ।
निर्वाचनको मतपरिणाम शनिबार रातीसम्ममा आइसक्ने एनआरएन अष्ट्रेलियाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’