शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : डिप्रेशन

शनिबार, २१ असार २०७६, १० : ५४
शनिबार, २१ असार २०७६

-साकार बाबु सुवेदी

जीवन गुमाएको धेरैपछि फेरि अबेरै आयो 
सुस्त पीडित शरीरसँगै आज त सबेरै आयो । 

सोचें एक मुठी आशा त पक्कै छर्छ होला
कति गलत ? सोचेको भन्दा धेरै नै आयो 
सुस्त पीडित शरीरसँगै आज त सबेरै आयो ।

लाग्यो नियति झैं चुपचाप कै पदचाप होला
तर एक, दुई, तीन अनि चार भनेरै आयो 
सुस्त पीडित शरीरसँगै आज त सबेरै आयो ।

ठानें बाँझो खेत खाली खलियान नै होला
हे भगवान ! पूरा हरियाली नै चरेरै आयो 
सुस्त पीडित शरीरसँगै आज त सबेरै आयो ।

सम्झें सधैं अन्धकार उज्यालो लुकाएकै होला
ओहो ! खुला आकाश झैं प्रकाश छरेरै आयो
सुस्त पीडित शरीरसँगै आज त सबेरै आयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप