कविता : जुनकिरी
-आविष्कार चापागाईं
साँझपख देख्दिन म अचेल
कुनै बेला साँझपख
यसकै पछि पछि लागेर
टप्प समाउँदै हातमा
खेलाउँदै
आकाशका ताराहरू
यिनकै प्रकाशले
गन्र्दै बस्ने म
अचेल यिनलाई देखिँदैन
ती बालापनका
ती रमाइला क्षणहरू
ती पछि पछि
दगुर्दै
हातमा खोपी बनाएर समात्ने
म अचेल
हरेक दिन
घरको पिँडीमा
घरको छतमा
टोलाई रहन्छु !
बादल हुन्छ
आकाश हुन्छ
तारा पनि हुन्छ
चकमन्न रात पनि हुन्छ
तर
म उसको ताँती नै देख्दिनँ
म उसको त्यो
झिसनिस प्रकाश पनि देख्दिनँ !
खै अचेल जुनकिरी
मेरो घर किन आउँदैन
मेरो गाउँ किन आउँदैन
मेरो भन्सामा किन आउँदैन
हरेक
बेलुकी चकमन्न रातहरूलाई
उज्यालो बनाउन ताँती नै बोकेर
मेरो घरघर धाएर
म सँगसँगै हातमा हात
समाएर तिम्रो घर उज्यालो बनाउँछु भन्ने
ती जुनिकिरी बालापनमा
आमाले कथा सुनाएर म सुतेजस्तै
हरेक दिन म त्यही कथा सुनेर
हरेक वर्ष म त्यही कथा सुनेर
हरेक चोकमा त्यही कथा सुनेर निदाउने
कैयौँ बालकहरू
आज जुनकिरीको खोज मा तडपिरहेको छन् !
हरेक दिन म जस्ता
युवा जुनकिरी खोज्न
पल्ला सहरतिर
उपल्ला बजारतिर
लावा लस्कार लागेर गइरहेका छन्
जुनकिरी आउला र
घरमा भएको बूढी छोरालाई
खुसी बनाउने सपना लिएर
जुनिकिरी जस्तै उडेर
टाढा गएको छ !
मलाई जुनकिरी दिन्छु
भनेर
मसँग
मेरो हात
मेरो कलम
मेरो परिस्थित
मेरो सोच
मेरो खुसी
मेरो अस्तित्व
मेरो यो खुला आकाश
मा रजाइँ गरेर
टाप्रे किरालाई खुला छोडेर
मेरा
ती अबोध जुनिकिरीहरूको
नाश गर्नै
टाप्रेहरूलाई
यति भन्छु
टिलपिल गर्दै भए पनि
आकाशमा जुनकिरी फिर्ता ल्याउने छु !
भरतपुर–६, चितवन
चितवन मेडिकल कलेज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन