शीर्ष स्थान ओगट्ने भारत र अस्ट्रेलियाको दाउ
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) लिग चरणको खेल सकिनेछ । पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । हेडिङ्लीमा ३ः१५ बजे सुरु खेलमा भारत जितको खोजीमा रहेको छ ।
अर्को खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् । यो खेल साँझ ६ः१५ बजे ओल्ड ट्राफोर्डमा हुनेछ ।
सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागिसकेकाले यी खेलको नतिजाले त्यति अर्थ राख्दैन । तर, सेमिफाइनल समीकरणमा भने असर पार्नेछ ।
आठ खेल खेलेको अस्ट्रेलिया १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । अस्ट्रेलियाले सात जित र एक हारको नतिजा निकालेको छ । भारत १३ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । भारतले ६ जित र एक हारको नतिजा निकालेको छ । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
इदि अस्ट्रेलिया पराजित भएमा र भारतले श्रीलंकालाई हराएमा भारत तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।
अस्ट्रेलिया भने दोस्रो स्थानमा झर्नेछ । पहिलो खेलमा भारत पराजित र दोस्रो खेलमा अस्ट्रेलिया विजयी भएको अवस्थामा भने समीकरणमा कुनै फरक पर्ने छैन ।
श्रीलंका र दक्षिण अफ्रिका यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । त्यसैले आजको खेल लिग चरणको शीर्ष स्थान ओगट्नका लागि भारत र अस्ट्रेलियालाई महत्त्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण