शीर्ष स्थान ओगट्ने भारत र अस्ट्रेलियाको दाउ

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) लिग चरणको खेल सकिनेछ । पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । हेडिङ्लीमा ३ः१५ बजे सुरु खेलमा भारत जितको खोजीमा रहेको छ ।
अर्को खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् । यो खेल साँझ ६ः१५ बजे ओल्ड ट्राफोर्डमा हुनेछ ।
सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागिसकेकाले यी खेलको नतिजाले त्यति अर्थ राख्दैन । तर, सेमिफाइनल समीकरणमा भने असर पार्नेछ ।
आठ खेल खेलेको अस्ट्रेलिया १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । अस्ट्रेलियाले सात जित र एक हारको नतिजा निकालेको छ । भारत १३ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । भारतले ६ जित र एक हारको नतिजा निकालेको छ । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
इदि अस्ट्रेलिया पराजित भएमा र भारतले श्रीलंकालाई हराएमा भारत तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।
अस्ट्रेलिया भने दोस्रो स्थानमा झर्नेछ । पहिलो खेलमा भारत पराजित र दोस्रो खेलमा अस्ट्रेलिया विजयी भएको अवस्थामा भने समीकरणमा कुनै फरक पर्ने छैन ।
श्रीलंका र दक्षिण अफ्रिका यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । त्यसैले आजको खेल लिग चरणको शीर्ष स्थान ओगट्नका लागि भारत र अस्ट्रेलियालाई महत्त्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘नरसिंहाः अवतार’ का राज र सनिषाको प्रेम
-
‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता राई
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन