बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मी क्वार्टरफाइनलमा प्रवेश

शुक्रबार, २० असार २०७६, १९ : ५३
शुक्रबार, २० असार २०७६

काठमाडौं– त्रिभुवन आर्मी क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ललितपुरको एन्फा मैदानमा शुक्रबार भएको खेलमा आर्मीले १० खेलाडीमा सिमित थ्रीस्टार क्लबलाई ३–१ गोलले हरायो ।

आर्मीको जितमा कैलाश लामिछाने क्षेत्रीले दुई गोल गरे । अर्को गोल विपिन श्रेष्ठले गरे । थ्रीस्टारका सन्जिव लामाले सान्त्वना गोल गरे । थ्रीस्टारका सुनिल कुवरले आर्मी खेलाडीलाई फल खेलेपछी उनलाई रातोकार्ड दिईएको थियो । जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले तीन खेलबाट ९ अंक जोडेको छ । थ्रीस्टारको एक अंक छ । यस समूहमा एपीएफको चार अंक छ । मनाङ मस्र्याङदी क्लब र फ्रेन्ड्स क्लबले पनि एक एक अंक बनाएका छन् । 

यसैगरी समूह ‘ए’ को अर्को खेलमा संकटा क्लबले च्यासल युथ क्लबलाई ३–१ गोलले हरायो । संकटाको जितमा  विशाल शाही, अबिम शाही र राकेश गुरुङले गोल गरे । च्यासलका धिरज मगरले एक गोल फर्काए । जितसँगै संकटाले तीन खेलबाट चार अंक बनाएको छ । च्यासलको समान खेलबाट एक अंक छ । प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले भाग लिएका छन् । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेता टोलीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप