सीसीआरसी बन्यो २०७६ सालको उत्कृष्ट उमावि, छात्रवृत्ति पाउने विद्यार्थीको संख्या सबैभन्दा उच्च
काठमाडौं– नेपालका उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुको होडमा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) एक उदाहरणको रुपमा अगाडि आएको छ ।
काठमाडौंको कोटेश्वरमा अवस्थित सीसीआरसी सन् २००१ मा स्थापना भएको थियो । स्थापना कालदेखि नै विज्ञान, मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ । कलेजले स्नातक तहको अध्यापन पनि गराउँदै आएको र उत्कृष्ट परिणाम ल्याउन सफल भएको जनाएको छ ।
सीसीआरसीले प्लस टु कार्यक्रमअन्तर्गत विज्ञान संकाय र व्यवस्थापन तर्फ कक्षा संचालनका लागि कलेजले यही असार २४ गते प्रवेश परीक्षा लिने जनाएको छ । त्यसैगरी कलेजले छात्रवृत्तिको लागि पनि परीक्षा लिने भएको छ ।
छात्रवृत्ति परीक्षा अभ्यास
२०७६ सालको उत्कृष्ट उच्च मावि बन्न पनि सीसीआरसीले विभिन्न संकायमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि तयार गर्ने गरेको छ ।
कलेजको वर्ष २०१७/१८ का २५ जना विद्यार्थीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थानहरुमा एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भए । निजी स्तरका शिक्षण संस्थाको लागि यो संख्या अत्यन्तै ठूलो हो ।
वर्ष २०१५/१६ मा पनि यस कलेजका २४ जना विद्यार्थीहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थानहरुमा एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए ।
गत वर्षको एमबीबीएस अध्ययनका लागि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको प्रवेश परीक्षामा कलेजका निरञ्जन अधिकारीले प्रथम स्थान प्राप्त गरेका थिए । उनी लगायत ऋषिकेश चौधरी, नवीन पौडेल र कृष्णा दाहालले पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए । त्यसैगरी, अन्य चिकित्साशास्त्र अध्ययन संस्थानहरु गरी पूर्ण छात्रवृत्ति पाउने विद्यार्थी २५ जना थिए ।
त्यसैगरी इन्जिनियरिङ अध्ययनका लागि पनि २०१७/१८ मा पाँच दर्जन विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए । इन्जिनियरिङ अध्ययन संस्थाहरु आईओई, पुल्चोक तथा अन्य शिक्षण संस्थानको छात्रवृत्ति कोेटामा यस कलेजका ६३ जना विद्यार्थीहरुले पूर्ण तथा आंशिक छात्रवृत्ति प्राप्त गर्न सफल भए ।
गत वर्ष कलेजका छात्र सुदीप भण्डारीले आईओई, पुल्चोकको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरेका थिए । उनीलगायन ३३ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए ।
कलेजले मेडिकल र इन्जिनियरिङको लागि तयारी कक्षा ११ बाटै सुरु गर्ने गरेको छ । जसले गर्दा मेडिकल र इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई नाम निकाल्न सहज हुने गरेको कलेजले जनाएको छ ।
विगत १० वर्षदेखि यस कलेजले कलेजको नियमित रुटिनमै राखेर विद्यार्थीहरुलाई प्रि–मेडिकल तथा प्रि–इन्जिनियरिङको अध्यापन गराउँदै आएको छ । कलेजले कक्षामा अध्ययन गराइएको विषयलाई आईओएम–एमओई तथा अन्य छात्रवृत्ति परिक्षाको मोडेल अनुरुप विशेषज्ञहरुबाट पुनः अध्यापन गराउने गरेको छ ।
यस वर्ष २०७५/७६ मा सीसीआरसी कलेजबाट २५ जना विद्यार्थीहरुले आईओएम बीपीकेएचएस, धरान शिक्षा मन्त्रालय तथा विभिन्न राजदूतावासहरुले प्रदान गर्ने छात्रवृत्ति कोटामा सफलतापूर्वक एमबीबीएस अध्ययनको लागि नाम निकालेका छन् ।
त्यसैगरी यस वर्ष इन्जिनियरिङ अध्ययनको लागि लिइने छात्रवृत्ति परीक्षा पनि सीसीआरसीका ६३ जना विद्यार्थीहरुले नाम निकाल्न सफल भएका छन् । गत वर्ष पनि करिव २ दर्जन भन्दा बढी विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययनका लागि लिइने छात्रवृत्तिमा सफलता हासिल गरेका थिए ।
कलेजले नियमित रुपमा छात्रवृत्ति परीक्षाको अभ्यास गराउँदै आएको छ । यसले माथिल्लो तहमा नाम निकाल्न हौसला प्रदान गर्ने गरेको छ ।
सीसीआरसीका विद्यार्थी विश्वभर
सीसीआरसीकलेजले नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्ना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि पठाउने गरेको छ । प्रत्येक वर्ष सीसीआरसीका विद्यार्थीहरु छात्रवृत्तिमा छनौट हुँदै आएका छन् ।
यस वर्ष मात्रै सीसीआरसीका १२ जना विद्यार्थीहरुले अमेरिकन विश्वविद्यालयको प्रेसिडेन्सियल तथा एकेडेमी छात्रवृत्ति पाउन सफल भएका छन् । गत वर्ष पनि १६ जना विद्यार्थीहरुले प्रेसिडेन्सियल तथा एकेडेमी छात्रवृत्ति पाएका थिए ।
खेलमा उत्कृष्ट
पढाईको अतिरिक्त खेलकुदलाई पनि प्राथमिकतामा राखेको सीसीआरसीले विभिन्न खेलमा विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको छ । बास्केटबल, टेबलटेनिस जस्ता खेलमा सीसीआरसीका विद्यार्थीले राम्रे प्रदर्शन गर्दै आइरहेका छन् ।
यस वर्ष कलेज स्तरीय बास्केटबल तथा टेबलटेनिसमा राम्रो नतिजा हात पारेको सीसीआरसीले गत वर्ष पनि खेलमा आफूलाई अव्वल सावित गरेको थियो । तेस्रो रोज वर्ड कप बास्केटबल तथा बृहस्पती कप बास्केटबलमा सीसीआरसीले जीत हासिल गर्यो भने हिमालय कम बास्केटबलमा उपविजेता बनेको थियो ।
हिसान कप टेबलटेनिसका ८ वटा उपाधि मध्ये सीसीआरसीले ४ वटा उपाधी आप्mनो पोल्टामा पार्यो भने ३ वटामा उपविजेता बन्यो । यस वर्ष विश्व टेबलटेनिस च्याम्पियनसिपमा सीसीआरसीकी दीक्षा तामाङले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।
एनईबीमा उत्कृष्ठ नतिजा
राष्ट्रिय परीक्षा बोर्ड (एनईबी)को नतिजामा पनि सीसीआरसीका विद्यार्थीले उत्कृष्टता देखाएका छन् । २०७६ को एनईबीको नतिजामा सीसीआरसीका विद्यार्थीहरुले अभूतपूर्व सपलता हासिल गरेका छन् । कलेजकी छात्रा सुप्रिया भुजुले सर्वाधिक ३.९२ जीपीए प्राप्त गरेकी छिन् । अन्य ९३ जना विद्यार्थीहरुले ३.६१ जीपीए प्राप्त गर्न सफल भएका छन् ।
३.२१ भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या ३७१ रहेको कलेजले जनाएको छ । गत वर्ष पनि ९२ जना विद्यार्थीहरुले ३.७१ भन्दा बढी जीपीए प्राप्त गर्न सफल भएका थिए । कलेज स्थापना कालदेखि नै सीसीआरसीले एनईबीमा उत्कृष्ट नतिजा हात पर्न सपल हुँदै आएको छ । हालसम्मको नतिजामा ६ पटक त कलेजका विद्यार्थीले बोर्डमा प्रथम स्थान नै हासिल गर्न सफल भएका छन् ।
योसँगै सीसीआरसी कलेजले आफ्ना विद्यार्थीहरुलाई विभिन्न सामाजिक तथा सांस्कृतिक कृयाकलापहरुमा पनि सक्रिय रुपमा सहभागिता गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
६ प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको चेतावनी : शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सह्य छैन
-
प्रधान सेनापति सिग्देल भारत भ्रमणमा जाने, अग्निपथको बारेमा होला कुरा ?
-
वायुको गुणस्तर खस्किँदो, मास्क अनिवार्य लगाउन चिकित्सकको सुझाव
-
हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
हाकिम र ब्रिजेशले ल्याए र्याप गीत ‘चिसो चिसो हावाले’
-
राष्ट्रिय पुरस्कारको किन हुन सकेन चर्चा ?