शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीसीआरसी बन्यो २०७६ सालको उत्कृष्ट उमावि, छात्रवृत्ति पाउने विद्यार्थीको संख्या सबैभन्दा उच्च

शुक्रबार, २० असार २०७६, १६ : २०
शुक्रबार, २० असार २०७६

काठमाडौं– नेपालका उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुको होडमा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) एक उदाहरणको रुपमा अगाडि आएको छ । 

काठमाडौंको कोटेश्वरमा अवस्थित सीसीआरसी सन् २००१ मा स्थापना भएको थियो । स्थापना कालदेखि नै विज्ञान, मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ । कलेजले स्नातक तहको अध्यापन पनि गराउँदै आएको र उत्कृष्ट परिणाम ल्याउन सफल भएको जनाएको छ । 

सीसीआरसीले प्लस टु कार्यक्रमअन्तर्गत विज्ञान संकाय र व्यवस्थापन तर्फ कक्षा संचालनका लागि कलेजले यही असार २४ गते प्रवेश परीक्षा लिने जनाएको छ । त्यसैगरी कलेजले छात्रवृत्तिको लागि पनि परीक्षा लिने भएको छ ।

छात्रवृत्ति परीक्षा अभ्यास 

२०७६ सालको उत्कृष्ट उच्च मावि बन्न पनि सीसीआरसीले विभिन्न संकायमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि तयार गर्ने गरेको छ । 

कलेजको वर्ष २०१७/१८ का २५ जना विद्यार्थीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थानहरुमा एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भए । निजी स्तरका शिक्षण संस्थाको लागि यो संख्या अत्यन्तै ठूलो हो । 

वर्ष २०१५/१६ मा पनि यस कलेजका २४ जना विद्यार्थीहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थानहरुमा एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए । 

गत वर्षको एमबीबीएस अध्ययनका लागि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको प्रवेश परीक्षामा कलेजका निरञ्जन अधिकारीले प्रथम स्थान प्राप्त गरेका थिए । उनी लगायत ऋषिकेश चौधरी, नवीन पौडेल र कृष्णा दाहालले पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए । त्यसैगरी, अन्य चिकित्साशास्त्र अध्ययन संस्थानहरु गरी पूर्ण छात्रवृत्ति पाउने विद्यार्थी २५ जना थिए ।

त्यसैगरी इन्जिनियरिङ अध्ययनका लागि पनि २०१७/१८ मा पाँच दर्जन विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए । इन्जिनियरिङ अध्ययन संस्थाहरु आईओई, पुल्चोक तथा अन्य शिक्षण संस्थानको छात्रवृत्ति कोेटामा यस कलेजका ६३ जना विद्यार्थीहरुले पूर्ण तथा आंशिक छात्रवृत्ति प्राप्त गर्न सफल भए । 

गत वर्ष कलेजका छात्र सुदीप भण्डारीले आईओई, पुल्चोकको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरेका थिए । उनीलगायन ३३ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए ।

कलेजले मेडिकल र इन्जिनियरिङको लागि तयारी कक्षा ११ बाटै सुरु गर्ने गरेको छ । जसले गर्दा मेडिकल र इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई नाम निकाल्न सहज हुने गरेको कलेजले जनाएको छ ।

विगत १० वर्षदेखि यस कलेजले कलेजको नियमित रुटिनमै राखेर विद्यार्थीहरुलाई प्रि–मेडिकल तथा प्रि–इन्जिनियरिङको अध्यापन गराउँदै आएको छ । कलेजले कक्षामा अध्ययन गराइएको विषयलाई आईओएम–एमओई तथा अन्य छात्रवृत्ति परिक्षाको मोडेल अनुरुप विशेषज्ञहरुबाट पुनः अध्यापन गराउने गरेको छ । 

यस वर्ष २०७५/७६ मा सीसीआरसी कलेजबाट २५ जना विद्यार्थीहरुले आईओएम बीपीकेएचएस, धरान शिक्षा मन्त्रालय तथा विभिन्न राजदूतावासहरुले प्रदान गर्ने छात्रवृत्ति कोटामा सफलतापूर्वक एमबीबीएस अध्ययनको लागि नाम निकालेका छन् । 

त्यसैगरी यस वर्ष इन्जिनियरिङ अध्ययनको लागि लिइने छात्रवृत्ति परीक्षा पनि सीसीआरसीका ६३ जना विद्यार्थीहरुले नाम निकाल्न सफल भएका छन् । गत वर्ष पनि करिव २ दर्जन भन्दा बढी विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययनका लागि लिइने छात्रवृत्तिमा सफलता हासिल गरेका थिए ।

कलेजले नियमित रुपमा छात्रवृत्ति परीक्षाको अभ्यास गराउँदै आएको छ । यसले माथिल्लो तहमा नाम निकाल्न हौसला प्रदान गर्ने गरेको छ ।

सीसीआरसीका विद्यार्थी विश्वभर

सीसीआरसीकलेजले नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्ना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि पठाउने गरेको छ । प्रत्येक वर्ष सीसीआरसीका विद्यार्थीहरु छात्रवृत्तिमा छनौट हुँदै आएका छन् । 

यस वर्ष मात्रै सीसीआरसीका १२ जना विद्यार्थीहरुले अमेरिकन विश्वविद्यालयको प्रेसिडेन्सियल तथा एकेडेमी छात्रवृत्ति पाउन सफल भएका छन् । गत वर्ष पनि १६ जना विद्यार्थीहरुले प्रेसिडेन्सियल तथा एकेडेमी छात्रवृत्ति पाएका थिए ।

खेलमा उत्कृष्ट 

पढाईको अतिरिक्त खेलकुदलाई पनि प्राथमिकतामा राखेको सीसीआरसीले विभिन्न खेलमा विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको छ । बास्केटबल, टेबलटेनिस जस्ता खेलमा सीसीआरसीका विद्यार्थीले राम्रे प्रदर्शन गर्दै आइरहेका छन् । 

यस वर्ष कलेज स्तरीय बास्केटबल तथा टेबलटेनिसमा राम्रो नतिजा हात पारेको सीसीआरसीले गत वर्ष पनि खेलमा आफूलाई अव्वल सावित गरेको थियो । तेस्रो रोज वर्ड कप बास्केटबल तथा बृहस्पती कप बास्केटबलमा सीसीआरसीले जीत हासिल गर्यो भने हिमालय कम बास्केटबलमा उपविजेता बनेको थियो ।

हिसान कप टेबलटेनिसका ८ वटा उपाधि मध्ये सीसीआरसीले ४ वटा उपाधी आप्mनो पोल्टामा पार्यो भने ३ वटामा उपविजेता बन्यो । यस वर्ष विश्व टेबलटेनिस च्याम्पियनसिपमा सीसीआरसीकी दीक्षा तामाङले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।

एनईबीमा उत्कृष्ठ नतिजा

राष्ट्रिय परीक्षा बोर्ड (एनईबी)को नतिजामा पनि सीसीआरसीका विद्यार्थीले उत्कृष्टता देखाएका छन् । २०७६ को एनईबीको नतिजामा सीसीआरसीका विद्यार्थीहरुले अभूतपूर्व सपलता हासिल गरेका छन् । कलेजकी छात्रा सुप्रिया भुजुले सर्वाधिक ३.९२ जीपीए प्राप्त गरेकी छिन् । अन्य ९३ जना विद्यार्थीहरुले ३.६१ जीपीए प्राप्त गर्न सफल भएका छन् । 

३.२१ भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या ३७१ रहेको कलेजले जनाएको छ । गत वर्ष पनि ९२ जना विद्यार्थीहरुले ३.७१ भन्दा बढी जीपीए प्राप्त गर्न सफल भएका थिए । कलेज स्थापना कालदेखि नै सीसीआरसीले एनईबीमा उत्कृष्ट नतिजा हात पर्न सपल हुँदै आएको छ । हालसम्मको नतिजामा ६ पटक त कलेजका विद्यार्थीले बोर्डमा प्रथम स्थान नै हासिल गर्न सफल भएका छन् ।

योसँगै सीसीआरसी कलेजले आफ्ना विद्यार्थीहरुलाई विभिन्न सामाजिक तथा सांस्कृतिक कृयाकलापहरुमा पनि सक्रिय रुपमा सहभागिता गराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप