शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोडलिङका लागि म बेस्ट छुइनँ– बानिका

शुक्रबार, २० असार २०७६, १३ : ४१
शुक्रबार, २० असार २०७६

टप १० गायिकाको सूची तयार गर्ने हो भने बानिका प्रधानको नाम छुटाउन मिल्दैन । उनी पछिल्लो समय चलेकी गायिका हुन् । ९ वर्षको उमेरदेखि भजन गाउन थालेकी बानिकाले व्यावसायिक रूपमा सङ्गीत रोजेको भने २००१ बाट मात्रै हो ।

तर उनलाई गायनमा चिनाउने काम भने ६ वर्ष अगाडि आएको ‘मेघा’ फिल्मको ‘जीवनको हरेक मोडमा’ भन्ने गीतले गर्यो । बाँनिकाको पछिल्लो समय चर्चामा रहेको गीत ‘यति धेरै माया किन’ हो । दर्जनभन्दा बढी चलचित्र,  ५ सय हाराहारी आधुनिक गीत र दर्जनौँ भजनमा स्वर भरेकी गायिका बानिकासँग रातोपाटीका दस प्रश्न ।

गायन किन रोज्नुभयो ?

–गीतसङ्गीतप्रति मेरो सानैदेखिको आकर्षण थियो । ९ वर्षदेखि मैले भजन गाउन थालेँ । सो समय मेरो बुद्धि त त्यति थिएन । तर पनि गायन रोजेँ । मेरो घरमा दाइहरु गीतार बजाएर गीत प्राक्टिक्स् गरिरहनुहुन्थ्यो । त्यसको परिणाम पनि हुनसक्छ म गायनमा छु सानैदेखि ।

साङ्गीतिक क्षेत्र कस्तो पाउनुभयो ?

– सङ्घर्ष धेरै गर्नुपर्छ । मैले परिश्रम गरेअनुसारको सफलता पाएको छु । मिहिनेत र सङ्घर्ष गर्न सक्यो सफल भइन्छ भन्ने मेरो बुझाइ हो ।

मोडलिङमा रुचि छ ?

–मोडलिङ मेरो फिल्ड हो जस्तो लाग्दैन । मोडलिङका लागि म बेस्ट छुइनँ जस्तो लाग्छ । तर कहिले काहीँ आफ्नो गीतको भिडियोमा लिब्सिङमा भने दिने गरेकी छु ।

सौन्दर्यमा कति ध्यान दिनुहुन्छ ?

– खासमा म नेचुरल देखिन मन पराउने केटी हुँ । सौन्दर्यमा त्यति चासो छैन र कस्मेटिकप्रति मेरो मोह कहिल्यै पनि भएन । छालको सुरक्षाका लागि सन् क्रिम लगाउँछु । अन्य प्रयोग गर्ने मेकअप भनेको गाजल र लिपस्टिक हो ।

मनपर्ने पहिरन ?

–यही भन्ने छैन, सबै प्रकारको पहिरन प्रयोग गरिरहेकी हुन्छु । वान पिस, पाइट, कुर्था सुरुवाल धेरै मनपर्छ ।

सपना ?

– राम्रो कलाकार बन्ने सधैँ प्रयास रहन्छ ।

मनपर्ने खाना ?

–नेपाली खाना दालभात तरकारी नै हो ।

प्रेम ?

–छैन । प्रेम गर्ने, जीवनसाथी रोज्ने उमेर नभएको पनि होइन, भइसक्यो । तर म अहिलेसम्म कसैसँग प्रेमीकाका रूपमा, जीवनसाथीका रूपमा आकर्षित भएकी नै छैन ।

घुम्न कति मनपर्छ ?

–म पहाडमा हुर्किएकी भएर पनि होला बजार, सपिङ महलभन्दा पनि प्राकृतिक सौन्दर्यले भरिएको ठाउँहरु घुम्न रुचाउँछु । 

रोजेको व्यक्तिसँग डेटको अवसर दियो भने ?

–बलिउड गायक सोनु निगमसँग जान चाहन्छु । उहाँ एकदमै इन्टिलिजेन्ट लाग्छ । उहाँसँग गाउने विभिन्न टेक्निक, म्युजिकका ज्ञान धेरै छन् । उहाँसँग भेट्न पाए धेरै सिक्न सकिन्थ्यो भन्ने लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप