अमेरिकामा दुई दशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प
अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार ६.४ म्याग्नेच्युडको भूकम्प मापन गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु लस एन्जलस भन्दा २४० किलोमिटर टाढा रिजक्रेस्ट शहर रहेको छ ।
भूकम्पले रिजक्रेस्टमा अत्यधिक क्षती पुर्याएको स्थानीय भूगर्वविद् प्राध्यापक जोन रण्डलले बीबीसीलाई बताए ।
अमेरिकी स्वतन्त्रता दिवसको दिन आएको भूकम्पको केन्द्रबिन्दु घना बस्तीमा नहुनु नै भाग्यको कुरा भएको उनले बताए ।
रिजक्रेस्टको क्षेत्रीय अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको जानकारीमा उल्लेख छ । उक्त अस्पतालले करिब दुई दर्जन मानिसको सामान्य उपचार गरेको जानकारी दिएको छ ।
शहरका मेयर पेगी ब्रिडेनले सीएनएनलाई बताए अनुसार उक्त शहरमा संकटकालको घोषणा गरिएको छ ।
ब्रिडेनका अनुसार केही व्यक्ति भवनबाट खसेको सामान खसेर घाइते भएका छन् भने ग्यास लाइन फुटेका छन् ।
‘हामीलाई भूकम्पको बानी परिसकेको थियो तर यस्तो शक्तिशाली भूकम्पको बानी हामीलाई थिएन,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
-
रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कार घोषणा
-
पोखरा बसपार्कमा कहिले चल्छ डोजर ?
-
दुई दिने बिदा पुनर्विचार गर्दै कोशी प्रदेश
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण