बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिशूलीमा ट्रक खस्यो, दुई जनाको मृत्यु

शुक्रबार, २० असार २०७६, ०७ : ५५
शुक्रबार, २० असार २०७६

चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको   मृत्यु भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

 प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप