बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभा सम्पन्न

बिहीबार, १९ असार २०७६, २२ : ०९
बिहीबार, १९ असार २०७६

नेपालगञ्ज उपमहानगरपालिकाको पाँचौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट पारित गरेको छ । नगरसभामा नगरप्रमुख डा धवलशम्शेर राणाले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापामगरले पेश गर्नुभएको बजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको छ । 

    नगरसभामा उपप्रमुख थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगततर्फ रु एक अर्ब चार करोड ३७ लाख ८१ हजार विनियोजित बजेट प्रस्तुत गर्नुभएको थियो । यसअघि वडाका लागि विनियोजन गरेको बजेटमा पनि थप गरिएको छ । नगरप्रमुख राणाद्वारा सभामा प्रस्तुत आर्थिक विधेयकले कर तथा राजश्व सङ्कलनलाई सहज र प्रभावकारी बनाइने विश्वास गरिएको छ । 

    नगरसभा समापन समारोहमा २९ जनालाई कदरपत्रसहित सम्मान गरिएको थियो । उपमहानगरपालिकाले कलाकार, उद्यमी, पत्रकार र कर्मचारीलाई सम्मान गरेको हो । समापन समारोहमा नगरप्रमुख राणाले दुईवर्षे अवधिमा भौतिक पूर्वाधारलगायत महत्वपूर्ण कार्य गरिएको भन्दै नेपालगञ्जलाई चाँडै नै विकासको उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप