शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा कामदारको तलब बढ्यो, नेपाली आप्रवासीसहित २२ लाख श्रमिक लाभान्वित

बिहीबार, १९ असार २०७६, १४ : १०
बिहीबार, १९ असार २०७६

अस्ट्रेलिया । अस्ट्रेलियाको ‘फेयर वर्क कमिसन’ले देशको न्यूनतम पारिश्रमिक ३ प्रतिशतले वृद्धि गरेपछि लाखौं अस्ट्रेलियन कामदार लाभान्वित हुने भएका छन् । 

कमिसनले जुलाई १ बाट लागु हुने गरी पारिश्रमिक वृद्धि गरेको हो । नयाँ वृद्धि पछि अब अस्ट्रेलियाली श्रमिकको साप्ताहिक पारिश्रमिक ७४०.८० डलर अर्थात घण्टाको पारिश्रमिक १९.४९ डलर बनेको छ । 
अब त्यहाँका कामदारले साप्ताहिक २१.६ डलर बढी कमाउनेछन् । 

तर यस वर्ष न्यूनतम ज्पारिश्रमिकमा भएको वृद्धि दर अघिल्लो वर्ष भएको वृद्धि दरभन्दा थोरै हो । अघिल्लो वर्ष ‘फेयर वर्क कमिसन’ले राष्ट्रिय न्यूनतम पारिश्रमिकमा ३.५ प्रतिशत वृद्धि गराएको थियो । 
वर्तमान आर्थिक अवस्था सकारात्मक नरहेकाले वृद्धि थोरै गरिएको कमिसनले बताएको छ । 

अस्ट्रेलियाको अर्थतन्त्रमा अघिल्लो वर्षको दोस्रो खण्डमा उलेख्य कमी आएको थियो । प्रारम्भिक सूचकले सन् २०१९ को आर्थिक अवस्था पनि उस्तै रहने अर्थशास्त्रीले अनुमान गरेका छन् । 

यसअघि अष्ट्रेलियाको ट्रेड युनियनले न्युनतम पारिश्रमिकमा ६ प्रतिशतको वृद्धि माग गरेको थियो । माग गरेजति वृद्धि नभएको भन्दै कयैन श्रमिकले समाजिक संजालमा असन्तुष्टि व्यक्त गरेका छन् । 

तथापि अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनले विहिबारको निर्णयको स्वागत गरेको छ । पारिश्रमिक वृद्धिको फैसलालाई स्वागत गर्दै यसलाई ‘सही दिशातर्फको कदम’ भन्दै केही श्रमिक गरीबीको रेखामुनी रहेकाले तिनको लागि थप सहयोगको प्याकेज ल्याउनुपर्ने माग गरेको छ ।

अष्ट्रेलियामा प्रत्यक वर्ष विज्ञको एउटा प्यानलले न्युनतम ज्याला निर्धारण गर्ने गर्छ । 

‘हामीले गरेको वृद्धिको परिणाममा हामीहरु सन्तुष्ट छौं । यो वृद्धि मुद्रास्फिर्ती धेरै नबढोस् र रोजगारीलाई पनि असर नगरोस् भन्न कुरा ख्याल गरेर निर्धारण गरिएको हो ,’ पारिश्रमिक वृद्धि गराउने फेयर वर्क कमिसनका अध्यक्ष इयान रोसले भने । 

अष्ट्रेलियामा नेपालीको ठूलो संख्या रहेको र तिनको उलेखनीय संख्या श्रम क्षेत्रमा रहेकाले यस वृद्धिले नेपाली आप्रवासीको आयमा पनि सघाउनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप