शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलले शुरु गर्यो ‘एनसेल फर बिजनेश’ यस्ता छन् विशेषता

बिहीबार, १९ असार २०७६, १३ : ४८
बिहीबार, १९ असार २०७६

काठमाडौं– एनसेल प्राईभेट लिमिटेडले ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ । उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधीहरु, उद्योगी व्यावसायी, उच्च पदस्थ सरकारी अधिकारीहरु र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । 

सेवाको शुभारम्भ कार्यक्रममा साउथ इष्ट एसिया टिएमटी सिटीगु्रप इन्भेष्टमेन्ट बैंकिङ्गका निर्देशक तथा प्रमुख आयुष झुनझुनवालाले डिस्रप्टिभ एण्ड इमर्जिङ्ग टेक्नोलोजि ट्रेन्डका बारेमा आफनो प्रस्तुती राखेका थिए ।
झुनझुनवालाले प्रविधिले प्रत्येक क्षेत्र, उद्योग र व्यवसायलाई कसरी प्रभाव पारिरहेको छ भन्ने बारे जानकारी गराएका थिए । उनले भने, “केहि समय अगाडी सम्म मात्र पनि व्यवसायहरु एक भिन्न रुपमा छुट्टा छुट्टै संचालनमा रहन्थे । अहिले हामी यस्तो समयमा छौं जहाँ प्रविधिले हरेक क्षेत्रमा मुख्य भुमिका निर्वाह गर्दछ । आफ्नो ग्राहकको सहि मुल्य र पहिचानले व्यवसायहरुलाई फाइदा पुगेको छ ।”

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले ‘एनसेल फर बिजनेश’ को लोगो अनावरण गरेका थिए । उनले कसरी डिजीटल विश्वले विकासका लागि उत्प्रेरकका रुपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरुको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नविन सेवा तथा व्यवसायहरुलाई बढावा दिर्दै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे प्रकाश पारे । उनले एनसेल ब्राण्डको सार ‘आज, भोलि, सधंै सँगै’ को बारेमा पनि पाहुनाहरुलाई जानकारी गराए ।

उनले भने, “हामी ठूला साना सबै व्यवसायहरुलाई उहाँहरुको क्षमताले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्छाैं । हाम्रो प्रविधि, वस्तु तथा सेवाहरु मार्फत व्यवसायहरुका लक्ष्य र महत्वकांक्षाहरु हाषिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा ईन्टरप्राइज ग्राहकहरुसँग सझेदारी गर्छाैं ।”

त्यसै गरी चोङ्गले ‘एनसेल फर बिजनेश’ का बारेमा उत्साह प्रकट गर्दै भने, “एनसेल फर बिजनेश (एनफोरबी) मार्फत व्यवसायहरुका निमित्त नविन ईन्टरप्राइज सेवाहरु ल्याउन पाउँदा हामी एकदम हर्षित छौं । यो सेवा ठूला र साना व्यवसायहरुलाई उहाँहरुको सम्भावनाले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्न अनुकूलित छ ।

यसले हाम्रा ईन्टरप्राइज ग्राहकहलाई उहाँहरुको लक्ष्य प्राप्ति अर्थात आफ्नो गोल गेन गर्न सहगोग गर्दछ । त्यसका लागि चहिने पुर्वाधार, उच्चस्तरको नेटवर्किङ्ग, नयाँ प्रविधिमा पहुँच र प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न यो सेवाले सहयोग प्रदान गर्दछ । एनसेल फर बिजनेश (एनफोरबी) विश्वस्तरिय सेवाहरु प्रदान गर्ने र उच्तस्तरको कनेक्टिभीटी र डिजिटाईजेसनको लाभ लिन अवसर प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम शुरु गरेका छौं । ”

गेन एडभान्टेज (G.A.I.N ADVANTAGE) मा ‘जि’ को अर्थ ग्रोथ हो । अर्थात एनसेलले आफ्नो यस सेवा मार्फत व्यवसायहरुलाई वृद्धि, विस्तार गर्दै विकास गर्न पुर्वाधार प्रदान गर्दछ । त्यसै गरि ‘ए’ को अर्थ एजिलिटी हो जहाँ ग्राहकहरुले एनसेलको चुस्त र उच्चस्तरको नेटवर्कबाट लाभ लिन सक्छन् र ‘आई’ को अर्थ ईनोभेसन हो ।

यस अन्तर्गत ईन्टरप्राईज ग्राहकहरुले एनसेलका पछिल्ला र नविन सेवा तथा सुविधाहरु लिन सक्छन् र नेपाल बाहिर पनि आफ्ना सेवा विस्तार गर्न सक्छन् । त्यसै गरी ‘एन’ को अर्थ नर्भ अर्थात साहस वा बल हो जहाँ ग्राहकले अफ्ठ्यारो परिस्थितीहरुमा पनि कार्य गर्न सक्ने साहस प्रदान गर्दछ । 

फोरजी सेवा व्यापक रुपमा विस्तार गरेपछि एनसेलले अब आफ्ना ईन्टरप्राईज ग्राहकहरुलाई फिक्स्ड कनेक्टिभीटी सेवा ल्याएको छ । यस अन्तर्गत ईन्टरन्यासनल प्राईभेट लिज्ड सर्भिस (आईपिएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डिएलसी) भर्चुअल प्राईभेट नेटवर्क (भिपिएन), ब्रोडव्याण्ड इन्टरनेट, ब्याण्डविथ अन डिमाण्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ्ग (एसडि वान) र ईथरनेट भर्चुअल प्राईभेट नेटवर्क (इभिपिएन) जस्ता सेवाहरु उपलब्ध छन् ।

आफ्नो म्यानेज्ड सर्भिस अन्तर्गत, कम्पनीले म्यानेज्व्ड वाईफाई, भिडियो कन्फे्रन्सिङ्ग र सर्वेलेन्स सेवा प्रदान गर्नेछ । त्यस्तै, आइओटी सेवा अन्तर्गत कम्पनीले भेहिकल ट्राकिङ्ग सिस्टम (भिटिएस) ल्याएको छ । यसले गाडीको कार्य प्रगतिमा सहयोग गर्नुका साथै  सुरक्षा र सवारी साधनको व्यवस्थापनलाई सहज बनाउछ । 

यस सेवाले सवारीचालहरुको सवारी चलाउदाको व्यवहार सुधार गर्न तथा कामलाई थप व्यवहारिक बनाउन र आफ्नो सवारी साधन माथि अझै राम्रो नियन्त्रण राख्न मद्दत पुर्याउनेछ ।  
 
यसैगरी मोबिलिटी योजना अन्तर्गत एनसेलले व्यवसायहरुलाई आफ्नो नेटवर्क भित्र अनलिमिटेड कल र मेसेजिङ्ग, पर्याप्त मात्रामा डेटा र प्रिमियम नम्बरहरुको सेवा र अरु धेरै सेवाहरु प्रदान गर्नेछ । एनसेल डेटा सेन्टर सोलुसन्स अन्तर्गत नेपालमा रहेका व्यवसायहरुले एनसेलको विश्वसनिय र सुरक्षित डेटा सेन्टरमा आफ्नो सर्भर राखि इमेल तथा सुरक्षित होस्टिङ्ग सेवा लिन सक्नेछन् ।
 
ईन्टरप्राइज ग्राहकका लागि गुणस्तरीय सेवा सुनिश्चित गद,ै एनसेलले अहिले सम्मकै ठूलो इन्टरनेट प्रोटोकल (आइपि) मा आबद्घ मल्टि परपोस लेबल स्वीचिङ (एमपिएलएस) नेटवर्क पनि बनाएको  छ । त्यसकासाथै एनसेलले देशभरी  ३५०० कि.मि. आफ्नै फाइबर सञ्जाल बिस्तार गरिसकेको छ र कम्पनीका ३२०० भन्दा बढि टावरहरु रहेका छन् ।
 
एनसेलले ल्याएको नयाँ सेवाहरुले मुलतः भ्वाइस सेवामा मोबिलिटी, डेटा, एसएमएस, डेटा सेन्टर सोलुसन्स्, म्यानेज्ड सर्भिसका लागि फिक्स्ड कनेक्टिभिटी, सञ्चार सेवालाई  सजिलो बनाउन इन्टरनेट अफ थिङ्स  (आइओटी) र व्यवसायको उत्पादकत्व बढाउनमा केन्दि«त रहेको छ र यसले सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई साकार पार्न पनि मद्दत पुर्याउने छ ।

यस सँगै व्यवसायहरुले एनसेलको विभिन्न सोलुसन्स् जस्तै एनसेल ग्लोबल कनेक्ट, एनसेल नेशनल कनेक्ट, एनसेल बिज फाइबर ब्रोडब्याण्ड, एनसेल फिल्ड फोर्स अटोमेसन, भेकल ट्रयाकिङ्ग सिस्टम र मोबिलिटी प्लान प्रयोग गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप