शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीको सुपादेउरालीमा  जिप दुर्घटना,  चालकसहित ३ जनाको मृत्यु

बिहीबार, १९ असार २०७६, १३ : २५
बिहीबार, १९ असार २०७६

बुटवल– कपिलबस्तुबाट  सन्धिखर्क जाँदै गरेको जिप केहीबेरअघि अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटना भएको छ । लु १ ज १३२९ नम्बरको जिप सडकबाट खसेर खोल्सामा जाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । चालक अर्घाखााची  भूमिकास्थानका आन्दाजी ५० वर्षीय सुशान्त भुषाल रहेका छन् । अन्यको २ जना पुरुषको नाम ठेगाना खुलेको छैन् ।

११ जना सवार जिप सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बिचमा  पल्टिएर खोलामा पुगेको छ ।  घटनास्थलमा प्रहरी पुगेको छ तर गाडी खोलामा पुगेकाले उद्दारकार्यमा कठिनाई भएको प्रहरीले बताएको छ । जिप कृष्णनगर यातायातको हो । पाँच जना गम्भीर घाईतेहरुलाई उपचारको लागि बुटवल ल्याउँदै गरिएको घटनास्थलमा रहेका अर्घाखाँचीमा पत्रकार घनश्याम पौड्यले रातोपाटीलाई बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप