बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय प्रहरीको छोराबाट १४ वर्षीया नेपाली किशोरी बलात्कृत

बिहीबार, १९ असार २०७६, ११ : ३०
बिहीबार, १९ असार २०७६

काठमाडौं– भारतीय प्रहरी अधिकारीका छोराबाट दिल्लीमा एक नेपाली किशोरी बलात्कारको शिकार बनेकी छिन् ।

दिल्लीमा प्रहरीमा कार्यरत (सहायक निरीक्षक) दलवीर सिंहका छोरा पंकज सिंहले किशोरीमाथि बलात्कार गरेका छन् । डोटीको साविकको साहिल गाविस घर भएकी किशोरी सिंहको घरमा कार्यरत थिइन् । 

दुई छोराछोरीका बुबा समेत रहेका पंकजले असार १५ गते किशोरीलाई बलात्कार गरेको खुल्न आएको माइती इन्डियाले जनाएको छ । 

उनी बलात्कृत भएको सूचनाको आधारमा नेपाली जनसम्पर्क समिति र माइती इण्डियाको संयुक्त टोलीले मेहरौली थानामा पुगी उजुरी दर्ता गराएका थिए । त्यसपछि किशोरीको मेडिकल जाँच गर्दा बलात्कार गरेको प्रमाणित भएको माइती इन्डियाकी सीता अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हाल पक्राउ परेका पंकजविरुद्ध अदालतमा पहिलो चरणको बयान भइसकेको जनाइएको छ । 

यस्तै आवश्यक अन्य कारवाही तथा पिडितको न्यायको लागि भारतमा क्रियासिल समाजसेवी बालकृष्ण पाण्डेको सक्रियता जनाएका छन् । यस्तै उनले पीडितको शिक्षा तथा शिपमूलक तालिमको खर्च जिम्मा पनि पाण्डेले लिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप