‘हार्ट अट्याक’ जस्तै गम्भीर हुन्छ महिनावारीको दुखाइ
सामान्यताः महिनावारी भएको समयमा तल्लो पेटमा दुखाइ हुनु सामान्य नै मानिन्छ । तर, कुनै महिलालाई हरेक महिना महिनावारीको समयमा अत्यधिक दुखाइ हुने गर्छ । कुनै महिलाहरु महिनावारीको समयमा दुखाई र रगत बगेको कारण ओछ्यानमा नै पर्छन् । अनुसन्धानकर्ताहरुले भर्खरै एउटा अनुसन्धानबाट महिनावारीको समयमा आउने विभिन्न समस्याका कारण हरेक महिलाले वर्षमा ९ दिन काम गर्न नसक्ने खुलेको छ ।
१५ देखि ४५ वर्ष बीचका महिला
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित उक्त अध्ययनमा उल्लेख भएअनुसार नेदरल्याण्डका १५ देखि ४५ वर्ष बीचका ३२,७४८ महिलाहरुमा अध्ययन गरिएको थियो । अध्ययनमा सामेल भएका महिलाहरुको मेन्स्ट्रुअल साइकिलको पूरा जानकारी मागिएको थियो । र उनीहरुलाई महिनावारीको समयमा देखिने गम्भीर लक्षण र महिनावारीमा हुने दुखाइका कारण अपिस जान नसकेको घटनाको बारेमा सवाल–जवाफ गरेका थिए ।
महिनावारीको समयमा अफिस जान नसकेको स्वीकार
उक्त अध्ययनमा संलग्न २६,४३८ जना महिलाहरुले महिनावारीको समयमा दुखाइको बाबजुद पनि अफिस जाने गरेको बताए । तर जुन महिला महिनावारीको दुखाइ लिएर नै अफिस जाने गर्छन् उनीहरुले गर्ने कामको प्रतिफल कम हुने पाइएको छ । अनुसन्धानकर्ताका अनुसार महिनावारीमा काम गर्ने महिलाले गर्ने कामको प्रतिफल ३३ प्रतिशत कम पाइएको छ । जुन हरेक वर्षमा ९ दिन काम गर्न नसक्नु बराबर हुन आउँछ ।
३ प्रतिशतले लिन्छन् छुट्टी
अध्ययनका क्रममा ४,५१४ जनाले महिनावारीमा छुट्टी नै लिएर बसेको पाइयो । यति मात्र होइन करिब ३ प्रतिशत महिलाले हरेक पटक महिनावारीको समयमा बिदा बस्ने गरेको पाइयो । २१ वर्ष भन्दा कम उमेरका महिलाले काममा छुट्टि धेरै बसेको पाइयो ।
‘हार्ट अट्याक’भन्दा जस्तै गम्भीर दुखाइ
अध्ययनमा सामेल भएका ७० प्रतिशत महिलाहरुले महिनावारीको समयमा आराम भइदियोस् भन्ने इच्छा व्यक्त गरे । सन् २०१६ मा लण्डन युनिभर्सिटी कलेजका एकजना प्रोफेसरले महिनावारीको दुखाइ हृदयघातजस्तै खतरनाहक हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण